७ वैशाख २०८१ शुक्रबार
समाज

अनेक प्रलोभनमा पारि यौन शोषण गर्ने पुरुष पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ।  

तराईं विकास परिषद नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज वडा नं. ६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाईं विभिन्न प्रलोभन दिई, मोलमोलाई गरी, करकापमा पार्नुका साथै माया गर्ने नाटक गरी नसालु पदार्थ समेत सेवन गरेर पटकपटक यौन शोषण गरेको उजुरीका आधारमा मेहता पक्राउ परेका हुन्। मेहतालाईं मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम सुनसरी जिल्ला अदालत ईनरुवाबाट म्याद लिई अनुसन्धान चलिरहेको छ।  

मेहताले पीडित महिलाका श्रीमान विदेश गएको मौका पारेर अनेक योजना बनाएर कहिले लागुऔषधको काण्ड त कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार गरेको आरोपमा नक्कली पत्र बनाएर डर देखाएर यौन शोषणा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जुनसुकै समस्या पर्दा पनि समाधान गर्न आफ्नो पहुँच भएकाले गर्दा सहयोग गर्ने भनी यौन शोषणा गर्ने गरेको पीडित महिलाले प्रहरी समक्ष बताएकी छन्।  

मेहताले यसअघि पनि आफ्नो संस्थामार्फत किशोरी तथा युवतीलाईं तालिममा सहभागी गराएर अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने गरेको खुलेको छ। यद्यपी विगतमा भएका घटनाहरु गुपचुपमै मिलापत्र भएका थिए। तर, पछिल्लो पटक सरकारी कर्मचारी महिलामाथि गरेको यौन शोषणको घटना अब अरुले थप पीडा भोग्न नपरोस् भनी प्रहरीमा उजुरी दिएको महिलाले सार्वजनिक गरेकी छन्। प्रहरीले भने मेहताबारे बिस्तृत अनुसन्धानपछि थप सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जनाए।

प्रकाशित: २३ कार्तिक २०७७ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App