१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ। भारत पश्चिम बंगाल घर भइ सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिन बस्ने दोर्जे टिएसए भोटियालाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्षको जेल सजाय हुने फैसला गरेको हो।  

जिल्ला अदालतका श्रेष्तेदार रितु राईका अनुसार पीडित बालिकाको बयान, उनको पीडाको अवस्था र घटनाको जघन्यताका आधारमा अदालतले त्यो तहको कैद सजायको फैसला गरेको हो। जबर्जस्ती करणी कसुर सजाय निर्धारण मापदण्ड २०७५ को भाग(१)मा यस्तो प्रकृतिको घटनामा दोषी ठहरे १८ देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ। २०७६ साल माघ ५ गते भएको सो घटना सम्बन्धी मिसिलले फागुन १८ गते ताप्लेजुङ जिल्ला अदालतमा प्रबेश पाएको थियो।  

दोर्जेमाथि स्थानीय १० वर्षे बालिकालाई अप्राकृतिक र जबर्जस्ती ढंगले यौन क्रियामा संलग्न हुन बाध्य पारेको अभियोग थियो। पीडित बालिकाका आफन्तले दिएको जाहेरी र बालिकाको बयानमा ति बालिकलाई मुख मैथुन गर्न लगाएको, बिर्य स्खलन गरी निल्न समेत बाध्य पारेको जस्ता अमानवीय र अप्राकृतिक दोष समेत दोर्जेमाथि लागेको थियो। अन्ततः उनलाई अदालतले दोषी ठहर गर्दै १९ वर्ष जेल सजायको फैसला गरेको हो।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले घटनाका दोषी यसअघि नै कारागार चलान भइसकेको जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०७७ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App