१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अपहरण अभियोगमा कारागार चलान

जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १२ निवासी अभियुक्त मेचेलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतको आदेशले अभियुक्तलाई कैद सजायका लागि आइतबार चन्द्रगढी कारागार चलान गरिएको हो।

सुनिलकुमार अग्रवालको जाहेरीले मानव अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा निज मेचेलाई २०७५ फागुन २७ गते अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो। रासस

प्रकाशित: १७ कार्तिक २०७७ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App