२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा १ सय ३४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बिहीबार  १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।  सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ८४ पुगेको छ।  

प्रदेश १ मा बिहीबार  ७० जना डिस्चार्ज भएका छन्।  कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन।  हालसम्म १० हजार १ सय ७९ जना डिस्चार्ज भएका छन्।  प्रदेश १ मा बिहीबार  ४ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ।   हालसम्म १ लाख ५६ हजार ९ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App