७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आलु, प्याज नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा बारामा गोली प्रहार, बालक घाईते

भारतबाट लिएर आएको आलु र प्याललाई  नियन्त्रण लिने क्रममा स्थानीयसँग विवाद भए पछि प्रहरीले बुधबार राती गोली प्रहार गरेको छ।

प्रहरीले चलाएको गोली लागेर १४ बर्षिय बालक रन्जक कुमारा यादव घाईते भएका छन्।

सुवर्ण गाउँपालिका २ कवही गोठ बजारमा बिक्री गर्नको लागि सीमावर्ती भारतीय बजारबाट स्थानीय व्यपारीले लिएर आएको दुई बोरा आलु र दुई बोरा प्याललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बिच झडप भएको थियो।

सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र यादवले प्रहरीले दुई बोरा आलु र प्याल नियन्त्रणमा लिए पछि त्यसलाई छोडिदिन स्थानीयहरुले आग्रह गर्दा उल्टै जिल्लाबाट थप प्रहरी ल्याएर स्थानीयहरु माथि गोली प्रहर गर्नुका साथै कुटपिट समेत गरिएको आरोप लगाएका छन्।

प्रहरीले चगाएको गोली ती बालकको टाउँकोमा लागेको र उनको अवस्था गम्भीर रहेको प्रमुख यादवले बताए। बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल लगेर उपचार गराइएको उनले बताए।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले भारतीय नम्बर प्लेटको तीन वटा मोटरसाईकल सात /सात बोरा आलु, प्याल नेपालमा भित्र्याइएको र त्यसलाई नियन्त्रणमा लिए पछि स्थानीयहरुले प्रहरी माथि नै आक्रमण गरेको बताएका छन्।

स्थानीयहरुले चलाएको ढुङ्गाबाट सई विरेन्द्र गिरी लगाएत आधा दर्जन प्रहरी समेत घाईते भएको पगेनीले बताए।

स्थानीयहरुको उग्र रुपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले बाध्य भएर एक दर्जन हवार फायर गरेको उनले बताए। प्रहरीको गोलीबाट घाइते भनिएका बालक गोलीबाट नभएर अन्य कारणले घाइते भएको दावी उनले गरे।

प्रकाशित: १३ कार्तिक २०७७ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App