१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यसरी गरियो ४० फिट गहिरो इनारमा फसेका व्यक्तिको उद्धार

भक्तपुर नगरपालिका वडा नं ३ कोलाछेंमा इनारमा फसेका एकजना व्यक्तिलाई उद्धार गरिएको छ। जुद्ध वारुण यन्त्रको कार्यालय दूधपाटी भक्तपुरका निमित्त कार्यालय प्रमुख बिजयप्रसाद धौभडेलको नेतृत्वमा पुगेको टोलीले करिब ४० फिट गहिरो इनारबाट जिवितै उद्धार गर्न सफल भएको हो।  

करिव १२ देखि १३ फिट पानी रहेको इनारबाट अग्नी नियन्त्रक निराकार थापा र उमेश ढकाल ईनारभित्र गएर काभ्रे तेमाल नारांथान घरभै भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जे बस्ने बर्ष ३४ को दन्दुप लामा नाम गरेका ब्यक्तिलाई जिवित उद्धार गर्न सफल भएको हो। उक्त टोलीमा अग्नी नियन्त्रक मंजय धौभडेल र भारी सवारी चालक बिजय मचामसी, प्रहरी प्रभाग दरवार स्क्वाएरका प्रमुख नारायण चौहान र उनको प्रहरी टोलीलगायत स्थानयीबाट सहयोग भएको जुद्ध वारुण यन्त्रको कार्यालय दूधपाटी भक्तपुरका निमित्त कार्यालय प्रमुख धौभडेलले बताए। उद्धार कार्य भर्याङ्गको प्रयोग गरी गरिएको थियो। उद्धार कार्यको लागि प्रयोग गरिएको भर्याङ्गको डोरी चुढिएर उमेश ढकाल सामान्य घाइते समेत भएको धौभडेलले बताए।

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App