२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

संकटमा जनताको सारथी जनक

गुठिचौर गाउँपालिका–१ स्थित शिवकली रोकायाको परिवारले यो पटक जडीबुटी संकलन गर्न पाएन् । संकलित जडिबुटी पनि ब्यापारीलाई बेच्न पाएन । व्यापारीले खरिद गरेको जडिबुटी सहजै रुपमा बजारमा लैजान नपाउदा जडिबुटी थन्किएको छ । यो वर्ष व्यापार पनि घाटामा छन् । त्यो भन्दा बढि गाउँका स्थानीय संकलक मर्कामा छन् । लामो समय देखि कृषि पेशा छाडेर पनि जडिबुटी संकलन तिर लागेको यो परिवारलाई कोरोना भाइरस निकै प्रभाव पार्योे । शिवकलीले भनिन्,‘कृषि तिर लगाव गर्ने बेला पाटनमा जडिबुटी कोर्न गयौं । तर यो बर्ष कोरोना भाइरसका कारण न जडिबुटी बेच्न पायौँ, नत समुहमा गएर पाटनमा जडिबुटी कोर्न नै । दसैंका लागि टिका लगाउने सेतो चामल पनि देख्न मुस्किल भइसक्यो । ’  

यो समस्या गुठिचौर गाउँपालिका १ का शिवकलीको परिवारको मात्र होइन । गुठिचौर गाउँपालिका वडा नं. १ र २ का झण्डै ९ सय घरपरिवारको साझा समस्या हो । जडिबुटीले सहजै रुपमा जीवन धान्न सकिने अवस्था भएकोले गाउँले सबैले कृषिलाई कम प्राथमिकता दिन थाले । जसका कारण संकटका बेला झनै संकट निम्तिन थाल्यो, स्थानीय उज्याला रोकाया बताउँछन् ।  

गाउँमा दसैं मनाउको लागि समस्या भइरहेको देखेर गाउँ कार्यपालिका सदस्य तथा समाजसेवी जनक थकालीले ९ सय घरपरिवारका लागि दसैं लक्षित राहत दिए । प्रत्येक घरपरिवारलाई २० केजी चामल एक केजी तेल उपलब्ध गराए । जसले स्थानीयमा निकै राहतको अनुभुति गरायो ।  

शिवकलीले भनिन्, ‘दसैंमा भगवान भेटायौँ । भगवानको जयहोस ’। राहत लिएर गाउँमा पुगेका जनकलाई स्थानीयले फुलमाला, खादा र टिका लगाइदिएर भव्य सम्मान गरे । ‘स्थानीय सरकारले अहिले सम्म राहत दिन सकेको थिएन । एक व्यक्तिले दसैंमा खुसि थप्नु भयो । यो नै गाउँबासीका लागि खुसिको विषय हो । दुःखमा दिएको साथ कहिले विर्षने छैनौँ । ’

नेकपाका नेता समेत रहेका थकालीले झण्डै २३ लाख रुपैयाँ बराबरको राहत ब्यक्तिगत रुपमा बाँडे । उनले भने,‘जनताले दुख भोगिरहेको देख्न चाहान्न । मैले दुख गरेर कमाएर केही रकम खर्च गरेर खुसि बाँड्न चाहान्छु । यहाँका दाजुभाई तथा दिदी बहिनीको खुसि नै मेरो खुसि हो । म यसैमा सन्तुष्ट छु । यहाँको आवश्यकता र माग अनुसार थप राहतका प्याकेज ल्याउने तयारी गरिरहेको छु ।’

जडिबुटीको व्यवसाय गर्दै आएका थकालीले आफुले जनताको दुख र पिडा सबै बुझेको बताए । म यहाँको स्थानीय हुँ । यहाँको पिडा मर्का सबै बुझ्छु । त्यही भएर समाजमा देखिएको समस्याको संवोधन गर्न हरबखत तम्तयार रहन्छु । ’

ब्यक्तिगत लगानीमा यत्रो ठुलो राहत बाँड्ने थकाली पहिलो ब्यक्ति हुन् । सानै देखि मिजासिलो र व्यवसायमा चासो राख्ने थकाली अहिले समाजसेवा तीर लागेका छन् । उनको समाजसेवा भित्र न स्वार्थ छ, नत कुनै छलकपट नै । उनले भित्रि मनदेखि सहयोगी भावना राख्दछन । गाउँ कार्यपालिकाबाट आउने हरेक सेवा सुविधाको लागि आउने रकमसमेत शिक्षण क्षेत्रमा लगानी गरेका छन् । अहिले सम्म गुठिचौरमा जनक थकाली जस्तो दानी, सहयोगी र समाजसेवी ब्यक्ति जन्मन नसकेको स्थानीय बताउँछन् । समाजसेवा गछौँ भन्दै ठग्नेलाई यो ठुलो झापड भएको छ ।  

संकटको बेला कोरोना भाइरस विरुद्ध लड्ने साहस गरौँ । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गरौँ । भोकै मर्न दिने छैन, समाजसेवी थकालीले भने, ‘सास रहुन्जेल सम्म आश भइरहनेछु । ’

यहाँको मुख्य आयस्रोत जडिबुटी हो । दुखद घडिमा कोराना आइपर्यो । सरकारले लकडाउन गर्याे । न यार्सा टिप्न पायाँै । न सेतक चिनी खन्न पायौँ । थकालीले थपे,‘म स्थानीय हँु । तपाइहरुले जडिबुटी दिनुभयो । यहाँ सम्म पुर्याउने तपाइ नै हो । हरेक कठिनाईमा साथ दिनु भयो । अब संकटको बेला मैले गर्न सक्ने सहयोग सहयोग गर्छु । मैले गर्न खोजको सहयोग स्वीकारीदिनुहोला । ’

‘आफूसंग प्रसस्त पैसा दिएर बाँडेको होइन । जडिबुटी दिनुभयो । केही मुनाफा कमाए । त्यही मुनाफा मार्फत आएको रकम बाँडन आएको छु । कोरोना महामारी जटिल बने फेरी राहतका कार्यक्रम ल्याउछु, थकालीले भने । उनले जडिबुटी भन्दा पनि कृषि क्षेत्रमा लाग्न सुझाव दिए । अब कृषि तिर लागौँ । खेतियोग्य जमिन छ । मकै, गहुँ, जौ सिमी, आलु फलाउनुुस । बजारीकरणका लागि साथ दिन्छु । जडबुटीलाई कम प्राथमिकता दिनुस । हामी कृषि कर्म गरौँ । जतिसुकै कठिन समयमा पनि कृषि कर्मले साथ दिन्छ । ’

नदिनाला, जल, जंगल जडिबुटी छ । तर कोरोनाको कारण कोरेको सेतक चिनी जाँदैन । सेतक चिनी निकासी गर्ने ब्यक्ति नेपालमै रामचन्द्र पराजुली र जनक थकाली मात्र हुन । यो पटकसेतक चिनि बाहिर नजाने उनी बताउँछन् । गाउँमा इटालीयन फुज स्याउ र ओखर खेति गर्ने तयारी गरेका थकालीले साथ दिन आग्रह गरे । तपाइहरु फेरी एक पटक साथ  दिनुस म रोजगकारी दिन्छु, उनले भने ।  

जनक थकाली अहिले गाउँमा राहत लिएर बाँड्दै हिडेका छन् । दसैँको शुभकामना सहित गाउँमा पुगेका थकालीलाई स्थानीयले फुलमालाले स्वागत गरेका छन् । नजिकै स्थानीय सरकार छ । तर सरकार भएको अनुभुति नै छैन । शिवकलीले भनिन्,‘ यो दसैंमा सरकार भने पनि जनक हो । समाजसेवी भनेपनि जनक । जनक जनताको जनक हो । हाम्रो आशा र भरोसाको केन्द्र जनकको उत्तरउत्तर प्रगतिको कामना छ । ’

गाउँमा सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै राहत बाँडिएको छ । हरेक स्थानीयलाई मास्क बाँडिएको छ। कोरोना भाइरस बारेको सचेतना सन्देश पनि फैलाउने काम भइरहेको जनक थकाली बताउँछन।  

प्रकाशित: १ कार्तिक २०७७ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App