९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

फेसबुकमा 'बलात्कार संगठन' बनाउने १९ वर्षीय युवक पक्राउ

नेपाल प्रहरीले सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामकको ग्रुप बनाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। प्यूठान घर भई नवलपरासी पूर्व बस्ने १९ वर्षीय नवीन बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनलाई नवलपरासीबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको साइबर ब्युरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन्।

ब्युरोले फेसबुकमा बलात्कारी संगठनको नामको ग्रुपनै बनाएर सामाजिक सद्भाव, शिष्टाचारविरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने, महिलामाथि अमर्यादित टीकाटिप्पणी गर्नेलगायतको काम गरिरहेकाले विद्युतीय कारोबार ऐन अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App