२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनकोशीमा खसेको जिप भेटियो, जिपमा सवार ३ जना अझै बेपत्ता

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ।

शनिवार जिपमा सवार तीनजनासहित जिप सुनकोशी नदीमा खसेको थियो। दुर्घटना लगतै खोजीमा जुटेको गोताखोरको टोलीले आज बिहान २ बजेतिर मात्रै जिप भेटाएको हो। तर, जिपमा सवार ३ जना भने अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले बताएको छ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिवार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन्। उनको उपचार खुर्कोट अस्पतालमा भइरहेको छ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो।

प्रकाशित: ९ भाद्र २०८१ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App