१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

महाराजगंज नगरपालिकाले नागरिककर्मी किरणमान बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ प्रदान गरेको छ। सूचना प्रवाह, सुशासन, विकास निर्माण लगायतमा कलम चलाए बापत बज्राचार्यलाई एक कार्यक्रमका बीच, कदरपत्र नगद र दोसल्लासहित पुरस्कृत गरेको हो।  

मेयर अब्दुल कलाम खाँ र प्रमुख प्रशासकीय अधिकृत बेदप्रसाद खरेलले बज्राचार्यलाई नगद १५ हजार रुपैयाँ सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए। सो अवसरमा मेयर खाँले नगरपालिकाले पहिलो पटक पत्रकारलाई सम्मानित गरेर संचार क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने कामको सुरुवात गरेको बताए। यसले संचारकर्मीलाई प्रात्साहित गर्ने र एक आपसमा समन्वय समेत बढ्ने उनले बताए।  

प्रमुख प्रशासकीय अधिकृत खरेलले मिडियासंग नगरपालिकाले निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए। कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारीहरु दलबहादुर घर्ती, रामकृष्ण शुक्ला, बिष्णुप्रसाद न्यौपाने, सुरजीत माली, पदमाकुमारी राना, पिताम्बरप्रसाद यादवलाई समेत उत्कृष्ट काम गरकोमा कदर पत्र र दोसल्ला ओढाएर सम्माति गरिएको थियो।  

यस्तै आवकास पाएका सिनियर अहेब राजाराम कोहारलाई बिदाईसहित सम्मानित गरिएको थियो भने नव आगन्तुक शिक्षा शाखाका प्रमुख उप सचिव रेस्मीराज अर्याललाई समेत स्वागत गरिएको थियो। कार्यक्रममा मेयर खाँले नव निर्मित सभा हलको उद्घाटन समेत गरेका थिए।

प्रकाशित: ३० आश्विन २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App