२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेश उपसभामुखलाई कोरोना संक्रमण, प्रदेशसभा ६ गतेसम्म बन्द

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।  उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन।  

थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सर्तक रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन्।  यसअघि सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो।  

यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई पनि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा छन।  प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लि चौधरीलाई पनि कोरोना पुष्टि भएको छ।  

यसैगरि उद्योग, पर्यटन समितिका सभापति दधिराम शर्मालाई कोरोना पुष्टि भएको छ।  प्रदेशसभाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ।  प्रदेशसभामा गएका केहि पत्रकारहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।  

सभामुख, मन्त्री र केहि सांसदहरुलाई कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सचिवालयले गरेको कन्ट्रयाक ट्रेसिङमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ।  प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादा पालक तथा सुरक्षाकर्मी गरि ९५ जनाको पिसिआर परीक्षण गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।  प्रदेसभाले सभामुख, उपसभामुख सहित कर्मचारीमा समेत कोरोना देखिएपछि कार्तिक ६ गतेसम्मका लागि कार्यालय बन्द गरेको छ।  

 

प्रकाशित: २७ आश्विन २०७७ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App