१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुग्यो

कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको हो।  

भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी थिइन्। जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए। उनका अनुसार एकै दिन श्रीमान–श्रीमतिको मृत्यु भएको थियो। श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए। उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए।  

कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलो पटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकै बेला मृत्यु भएको हो। यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो। उनी होमक्वारेन्टिनमा थिए।

जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो। क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो। असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो। आत्महत्या गरेकी महिलाको पछि स्वाव परीक्षण गर्दा कोरोना फेला परेको थियो। असार आठ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो। उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भयो।

प्रकाशित: १५ आश्विन २०७७ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App