१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

याम्फुदिनका घाइतेको काठमाडौंमा उपचार सुरु

ताप्लेजुङको विकट र दुर्गम क्षेत्रमा पर्छ सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन। यहिँ दुर्गम गाउँमा बुधवार राती आफ्नै भतिजबाट भएको बिभत्स हत्या प्रयासका गम्भिर घाइतेले उपचारको पर्खाइमा दुईदिन व्यतित गरे। 

गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट गम्भिर बनेका उनीहरुको उच्च रक्तश्रावका कारण जीवन जोखिममा परिरहेको थियो। थप उपचारका लागि हेलिकोप्टरको पर्खाइ कुर्दाकुर्दै मौसमले २ दिन सम्म साथ दिएन। 

तर मनकारीहरुको मन भने मौसमबाट हार खाएन। कैलाश एअरका सञ्चालक इश्वरी पौडेल र घुन्सा फउण्डेनका अध्यक्ष याङ्जोम शेर्पा घाइतेलाई राजधानी लैजान अघि सरे। उनीहरुको साहसले कैलाश एअरका चालक दिलिप थापाको छाती पनि दह्रो भयो। 

कुहिरिदो मौसमका बीच काठमाडौबाट पहाडका ५ ठाउँका बारी कान्लामा हेलिकोप्टर राख्दै र उडाउँदै थापाले अन्ततःयाम्फुदिनका घाइतेलाई राजधानीको टिचिङ अस्पताल सम्म पु-याउन सफल भए। 

जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले घाइतेको खतरामुक्त अवस्थामा उपचार भईरहेको छ। याँम्फुदिन हेलिकोप्टरका आउनका लागि मौसम पटक्कै अनुकुल नहुँदा पनि बिरामीको अवस्था सुनेर मन कुडिएपछि त्यसतर्फ पठाउँ लाग्यो’कैलाश एअरका सञ्चालक पौडेलले भने–‘‘क्याप्टेनको साहस, धैयर्ता र आँटले असहज बिषयलाई पनि सहज बनाएको छ’। 

पौडेलका अनुसार काठमाडौबाट याम्फुदिन पुग्न हेलिकोप्टरले करिव साढे ४ घण्टा समय लगाएको थियो। याम्फुदिनका लागि उडेको हेलिकोप्टर पहिलो पटक रुम्जाटार बिमानस्थल बस्यो। दोस्रो पटक ओखलढुङ्गा, तेस्रो पटक थामखर्क बिमानस्थल, चौथो पटक धनकुटा र भोजपुरको सीमा क्षेत्र र पाँचौपटक पाँचथरको रानीगाउँमा आकस्मिक अवतरण पछि मात्र याम्फुदिनको थुङ्गिमबाट घाइते लिएर राजधानी गएको थियो। 

जिल्ला प्रहरी प्रमुख श्रेष्ठले एकाघरका घाइते तीनमध्ये ६० बर्षिय फुटी शेर्पालाई भने अस्पतालले केहिदिन पछि चिकित्सकीय निगारानीमा आउने गरी डिस्चार्ज गर्ने तयारी गरिरहेको जानकारी आफुले पाएको बताए। 

घुन्सा फउण्डेनका अध्यक्ष शेर्पाले रकम कहाँबाट जुट्ला र हेलिकोप्टर पठाउँला भनेर पर्खिएर बस्ने अवस्था नरहेको आफुहरुले हेलिकोप्टरका लागि प्रारम्भिक चरणको जमानी बसेको बताईन्।  

'इश्वरी अंकलले ज्यादै कम रकममा र हाम्रै भर परेर हेलिकोप्टर पठाउन राजी हुनुभयो’ कैलाश एअरका सञ्चालक पौडेल प्रति इंगित गर्दै याङ्जोमले भनिन्। पर्यटन व्यवसायी पौडेल र सामाजिक अभियनता याङ्जोम दुबैको गृह जिल्ला ताप्लेजुङ हो। 

याङ्जोमका अनुसार स्थानीय मिङ्मा शेर्पा र लाक्पा शेर्पाले मिलेर रकम व्यवस्थापनका लागि अग्रसरता देखाएका छन्। मिङ्मा र लाक्पा घाइते परिवारका आफन्त समेत हुन्। याङ्जोमले कैलास एअरका सञ्चालक र चालकको हिम्मत नभएको भए घाइतेको उपचारका लागि हेलिकोप्टरको प्रवन्ध गर्ने इच्छा अपूरो रहने औंल्याएकी छन्। 

अन्धाधुन्ध बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट सख्त घाइते ६० वर्षीया फुटी भोटे,१८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: १० आश्विन २०७७ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App