१६ चैत्र २०८० शुक्रबार
समाज

श्रमिकका समस्यामा दलहरू मौन

क्याप्शन

कोरोना भाइरस संक्रमणका कारण श्रमिकहरू समस्यामा पर्दा राजनैतिक दलहरू रमिते बनेको श्रमिकहरूले गुनासो गरेका छन्। महामारीले गर्दा गुजारा चलाउन समस्या हुँदासमेत दलहरूले राहतका लागि समेत पहल नगरेको उनीहरूको गुनासो छ।  

लोकतान्त्रिक विमर्शका लागि साझा सवाल साझा मञ्चद्धारा आयोजित ‘कोरोना महामारीमा किसान, मजदुर, उपभोक्तामा पर्न गएको असर र सरकारको भूमिका’ विषयक भर्चुअल संवादमा मजदुर नेताहरूले यस्तो आरोप लगाएका हुन्। उनीहरूले श्रमिकलाई काममा मात्रै लगाउने र समस्या पर्दा बेवास्ता गर्ने परिपाटीको अन्त्य गर्दै तत्कालै श्रमिकका समस्यालाई सम्बोधन गर्न माग गरेका छन्।  

उक्त कार्यक्रमका प्रमुख वक्ता नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले सत्ता पक्ष र प्रतिपक्ष दुवै दलले अहिलेको विषम परिस्थितिमा श्रमिकलाई बेवास्ता गरेको गुनसो गरे। लकडाउन र निषेधाज्ञाका नाममा श्रमिकलाई कामबाट निष्काशन गर्न बाध्य बनाएको सरकारले श्रमिकलाई राहत प्याजेजसमेत उपलब्ध गराउन नसकेको उनले बताए।  

उपाध्यक्ष राईले कोरोना महामारीका समयमा श्रमिकको पक्षमा कुनै दल नदेखिएको बताए। दलहरू आआफ्नो पार्टीभित्रको द्वन्दमा रुमलिएका कारण महामारीमा कष्टपूर्ण जीवनयापन गर्दै आएका श्रमिकका बारेमा कुनै दलले स्पस्ट धारणा र सम्बोधन गर्न नसकेको राईले बताए। ‘हवाई क्षेत्रलाई पूरा यात्रु राख्न छुट दिए पनि सार्वजनिक यातायातमा आधा यात्रु मात्र राखेर सेवा सञ्चालन गर्न दिनु दुःखद् कुरा हो,’ उपाध्यक्ष राईले भने, ‘यस्तो निर्णयले जनता मर्कामा परेको र यातायातमा ५० प्रतिशत वृद्धि गर्नुभन्दा पुरानै भाडा दरमा सुरक्षितरूपमा पूरा यात्रुसहित यातायात चल्न दिनुपर्छ।’ सरकारले गरेको हवाई सेवाका निर्णय पहुँचको आधारमा लत्याइन्छ र श्रमिकहरूमा विभेद गरिन्छ राईले भने, ‘अहिले पनि ब्युटिसियन, कपाल काट्ने नाईलगायतका व्यवासयलाई सुरक्षितरूपमा सञ्चालन गर्न नदिँदा दुःख लगेको छ।’

त्यसैगरी सामाजशास्त्री प्रा.डा. चन्द्र उपाध्यायले कोरोना महामारीले संसारमा विश्वासको घाटा बढ्दै गएको छ। कोरोना संक्रमणका कारण संसारभर ३५ प्रतिशत मानिसहरूमा विश्वास गुमाइसकेको उनले बताए। अन्तर्राष्ट्रिय एक संस्थाको अध्यननका अनुसार ४१ प्रतिशतले मध्यम विश्वास रहेको र २२ प्रतिशतले मात्र पूर्ण विश्वास कायम रहेको र १८ वर्षमाथिको वयस्कमा अध्ययन गरिएको हो। एक मानिसले अर्को मानिसलाई गर्ने विश्वास गुम्दै गएको चुनौती थपिँदै गएको हुँदा यसबाट बाहिर निस्कन तीनै तहको जिम्मेवारी रहेको उनले बताए।  

त्यस्तै कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले समयमा किसानले मल बीउ नपाउनु कति दुःखको कुरा छ। सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको भनिए पनि किसानले जुनसुकै बाली लगाउने समयमा आवश्यक मल र बीउ नपाउने ठूलो समस्या रहेको बताए। कोरोना महामारीका कारण लाखौं संख्यामा श्रमिक समस्या पर्दा सरकार आफै शक्ति संघर्षको खेलमा डुबेको सचेतक राईले बताए। 

सरकार आफ्नो पार्टीभित्रको खिचातानीमा लागेका कारण एकातर्फ कोरोनाबाट ठूला पीडा भोग्न जनता बाध्य छन् भने अर्कोतर्फ किसान समयमा मल नपाएर छटपटाउँदै छन्, राईले भने।

प्रकाशित: ८ आश्विन २०७७ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App