६ चैत्र २०८० मंगलबार
समाज

आवास तथा विद्यालय पुनर्निर्माणका लागि भारतको १ अर्ब ५४ करोड सहयोग

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले सहयोग रकम हस्तान्तरण गरेको छ। भारतीय दूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड बराबरको चेक मंगलबार हस्तान्तरण गरेकी हुन्।

आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप उक्त रकम हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ। भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता  नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो। यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ। भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ। यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको जनाएको छ।

 

प्रकाशित: ८ आश्विन २०७७ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App