१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ह्विलचेयरमै बसेर मासिक ४० हजार आम्दानी

सशस्त्र द्वन्द्वका घाइते कविराम ह्विलचेयरमा बसेर काम गर्दै। तस्बिरः नगेन्द्र/नागरिक

भेरीगंगा नगरपालिका–६ घारीवनका कविराम खड्काको सानैदेखि सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो। २१ वर्षको उमेरमै उनी सेनामा भर्ना हुन तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर पुगे। सेनामा भर्ती हुनका लागि उनी वीरेन्द्रनगरस्थित इत्राम चोकमा आवेदन फारम भर्दै थिए, गोलीको वर्षा सुरु भयो। सेनामा भर्ती हुने सपना बोकेर आएका उनका तीन जना साथीले ज्यान गुमाए। कविराम भने घाइते भए।

‘सुरुमा कहाँबाट कसले गोली चलायो थाहा नै भएन,’ उनले भने, ‘होसमा आउँदा तत्कालिन माओवादीका जनमुक्ति सेनाले गोली चलाएको थाहा भयो।’ माओवादी सेनाको गोली लागेर घाइते भएका उनलाई सेनाले सुर्खेत अस्पताल पु¥यायो। त्यहाँबाट थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज हुँदै तीन महिना त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको बेडमा बस्नुप-यो। डाक्टरले शरीरमा भएका गोली निकाल्दा ज्यान जानसक्ने बताए। त्यसपछि उनी अहिले पनि शरीरमा गोली बोकेर ह्विलचेयरमै जीवन चलाउँदै आएका छन्।

उपचारका लागि गाउँबाट चन्दा सहयोग मागेको उनले बताए। ‘गाउँमा आएर सबैबाट आर्थिक सहयोगका लागि अनुरोध गरे सबैले सहयोग गरे,’ उनले भने, ‘सामुदायिक वन समूहले तीस हजार सहयोग ग¥यो, एक लाखमा घरबारी बेचेर शरीरमा भएका गोली निकाले, रकम अभाव भएपछि शरीरका टाँका छिन्चुमा काटेको हो।’ कविरामको कम्मर मुनिको शरीरले काम गर्दैन। ह्विलचेयरमै बसेर उनले आर्थिक आम्दानीको काम समेत गर्दै आएको छन्।

शरीरमा भएका गोली निकाल्दा ज्यान जानसक्ने डाक्टरले सल्लाह दिएपछि तीन महिनासम्म अस्पताल बसेका कविराम अहिले शरीरमा गोली बोकेरै जीवन चलाउँदै आएका छन्।

अहिले उनले महिनाको ४० हजार बढी कमाउने गरेको बताए। घरमै खुद्रा तथा खाद्यान्न पसल, कुटानी–पिसानी मिल सञ्चालन गरेर कविरामले आर्थिक आम्दानीको गर्दै आएका छन्। नेपाली सेनामा भर्ती हुने सपना बोकेर दरखास्त बुझाउन गएका कविराम शरीरमा गोली बोकेर फर्कन बाध्य भए। अहिले खाटकै खुट्टामा पांग्रा जोडेर उनी पसल चलाउँछन्। ह्विलचेयरको सहायताबाट मिल सञ्चालन गर्छन्। मिलबाट मात्र मासिक १५ हजारबढी आम्दानी भइरहेको उनी बताउँछन्।

सत्य निरुपण तथा मेलमिलाप आयोगले २०७३ बैशाख २० मा उनको मुद्दा लियो। अहिलेसम्म कुनै राहत, क्षतिपूर्ति भने पाएनन्। ‘राज्यले द्वन्द्वकालमा घाइते तथा अपांगहरूका लागि क्षतिपूर्ति दिने भनेपछि विवरण लेखायौं,’ उनले भने, ‘अहिले त आयोग पनि छ÷छैन्, पत्तो छैन्।’

प्रकाशित: ४ आश्विन २०७७ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App