६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–१० डाँगीहाटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।  

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १७ प ८५३१ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहाललाई साइकलमा जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।  

सन्दरहरैँचा–९ का उमेश भट्टराईले चलाएको मोटरसाइकलले शुक्रबार बिहान १० बजेतिर ठक्कर दिई घाइते भएका दाहालको धरानमा उपचारका क्रममा बिहान साढे ११ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।  

घाइते भएका दाहाललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा लगिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App