१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेसन केन्द्र बन्यो सिरहा कारागार

५९७ कैदीबन्दीमध्ये ५०७ संक्रमित, बुधबार एकै दिन २५९ लाई संक्रमण

जिल्ला कारागार सिरहा। तस्बिर: नागरिक

जिल्ला कारागार सिरहाका ५ सय ९७ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त कारागारमा बुधबार एकै दिन २ सय ५९ जना संक्रमित थपिएका थिए। संक्रमित कैदीबन्दीको संख्या ठूलो भएपछि अहिले सिंगै कारागारलाई आइसोलेसन केन्द्र बनाइएको छ। कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार पहिले कारागार कम्पाउन्ड अघिल्तिरका तीन कोठालाई मात्र आइसोलेसन बनाइएको थियो। अहिले करिबकरिब सबै कैदीबन्दी संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको हो।

पहिलोपटक साउन २५ र २६ गते चार कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा ३० जनाको पिसिआर परीक्षण गर्दा तीनजनाको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि सयजनाको पिसिआर परीक्षणको नतिजा आउँदा ७८ जनामा संक्रमण देखियो। त्यसपछि त कारागारभित्र संक्रमणको बाढी नै आएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए। १५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा दुई बालबालिकासहित १८ जना छन्। त्यस्तै १ सय ३५ पुरुष कैदीबन्दी राख्ने क्षमता भए पनि ५ सय ९७ जनालाई खाँदेर राखिएको छ। संक्रमण पुष्टि भएपछि पनि उनीहरूलाई कोचेरै राख्नुपर्ने बाध्यता रहेको जेलर बबिता महतोले बताइन्। उनीहरू समान्य अवस्थामा जसरी खाँदिएर बसेका थिए, संक्रमण पुष्टि भएपछि पनि त्यसरी नै खाँदिएरै बस्न बाध्य छन्।

सानो ठाउँमा धेरै कैदीबन्दी राखिएसँगै भौतिक दूरी कायम गर्न नसकिएको जेलर महतोले बताइन्। ‘पर्याप्त शौचालय र खुला ठाउँ नभएकाले सबै कैदीबन्दी एकअर्काको नजिकको सम्पर्कमा रहेकाले संक्रमण डढेलोसरि फैलियो,’ जेलर महतोले भनिन्, ‘सघन सम्पर्ककै कारण जेलभरि संक्रमण फैलिएको हो।’ संक्रमितमध्ये अधिकांश उनका अनुसार अधिकांश संक्रमितमा रुघाखोकी, ज्वरोलगायत लक्षण देखिएको छ।

१५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा दुई बालबालिकासहित १८ जना छन्। त्यस्तै १ सय ३५ पुरुष कैदीबन्दी राख्ने क्षमता भए पनि ५ सय ७७ जनालाई खाँदेर राखिएको छ। संक्रमण पुष्टि भएपछि पनि उनीहरूलाई कोचेरै राख्नुपर्ने बाध्यता रहेको जेलर बबिता महतोले बताइन्।

 ‘लक्षणसहितका संक्रमितलाई अन्य कैदीबन्दीसँग नजिक सम्पर्कमा राख्दा नै संक्रमण फैलिएको हो,’ उनले भनिन्, ‘पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको छ। संक्रमण धेरैमा फैलिनुको कारण सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राख्नु नै हो।’ संक्रमित व्यवस्थापनका लागि सक्दो प्रयास गर्दागर्दा संक्रमण फैलिएको जेलर महतोले बताइन्। ‘पहिलो संक्रमण देखिएसँगै कैदीबन्दी भेटघाटमा रोक लगाइएको थियो। कारागारमा भीड व्यवस्थापनका लागि भन्दै प्रदेश सरकारले चार महिनाअघि २० लाख रुपैयाँ पठाएको थियो। उक्त रकम मास्क, सेनिटाइजरलगायतमै खर्च भइसकेको उनले बताइन्।

कारागारभित्र पुरुषलाई १२ र महिलालाई दुई गरी जम्मा १४ वटा शौचालय छन्। शौच गर्न बिहान चार घन्टासम्म लाइन लाग्नुपर्ने उनीहरूको गुनासो छ। त्यहाँ खानेपानीको समेत समस्या छ। २०२८ सालमा बनाइएको कारागार भवन र चारैतिर लगाइएको पर्खाल जीर्ण भइसकेको छ। जिल्ला कारागार सिरहाको नाममा २ बिघा १ कट्ठा ६ धुर जग्गा दर्ता रहे पनि सुरक्षा दृष्टिकोणले संवेदनशील र अतिक्रमणको चपेटामा परेको महतोले बताइन्।

प्रकाशित: १ आश्विन २०७७ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App