१३ असार २०८१ बिहीबार
image/svg+xml

आइसोलेसन केन्द्र बन्यो सिरहा कारागार

जिल्ला कारागार सिरहाका ५ सय ९७ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त कारागारमा बुधबार एकै दिन २ सय ५९ जना संक्रमित थपिएका थिए। संक्रमित कैदीबन्दीको संख्या ठूलो भएपछि अहिले सिंगै कारागारलाई आइसोलेसन केन्द्र बनाइएको छ। कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार पहिले कारागार कम्पाउन्ड अघिल्तिरका तीन कोठालाई मात्र आइसोलेसन बनाइएको थियो। अहिले करिबकरिब सबै कैदीबन्दी संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको हो।

कारागारमै कोचिए संक्रमित कैदीबन्दी

जिल्ला कारागार सिरहाका ८१ जना कैलीबन्दीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारकै केही कोठामा कोचेर राखिएको छ। शुक्रबार जिल्ला कारारगार सिरहाका १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भयो। १७ जना महिला र दुई जना आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्