७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाइते

जिल्लाको भीमेश्वर नगरपालिका ४ जिलुमा श्रीमतीले श्रीमानलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्।  

भीमेश्वर ४ जिलुकी २४ वर्षीया अप्सरा चौलागाईले आफ्ना २६ वर्षीया श्रीमान भरत चौलागाईलाई आइतबार एकाबिहानै घरमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी हुन्।  

गर्दनमा खुकुरी लागेका भरतको अवस्था गम्भीर छ। उनलाई चरिकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट राजधानी लगिएको छ। अप्सराको समेत हातमा खुकुरीको गहिरो चोट लागेको छ। हातको नशा काटिएकी उनको चरिकोटमा उपचार भईरहेको प्रहरीले जनाएको छ।  

प्रहरीले घटनास्थलबाट फुटेको अवस्थामा मोबाइल फेला पारेको छ। मोबाइल फुटेका कारण फोन वा फेसबुकको विषयलाई लिएर श्रीमान श्रीमतीको झगडा परेको र श्रीमतीले खुकुरी प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।  

जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतिरमण पोखरेका अनुसार खुकुरी प्रहार गर्ने श्रीमती समेत घाइते अवस्थामा अस्पतालमा रहेकाले बयान लिन सकिएको छैन। ‘घटनाका श्रीमान श्रीमती दुवै अस्पतालमा रहेकाले के कारणले त्यसो भयो, बुझ्न सकेका छैनौं’ उनले भने – ‘तर प्रारम्भीक विवरणहरु हेर्दा श्रीमान श्रीमतीको आपसी झगडाकै कारण खुकुरी हानिएको देखिन्छ।’ उनले घटना बारे अनुसन्धान भईरहेको सुनाए।

प्रकाशित: २८ भाद्र २०७७ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App