१६ चैत्र २०८० शुक्रबार
समाज

सिन्धुपाल्चोकमा भीषण पहिरोः ९ घर पुरिए, दर्जनौं बेपत्ता

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका अन्तरगत भिरखर्कमा ठूलो पहिरो गएको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाकाअनुसार वडा नम्बर ७ स्थित नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा पुरिएर ९ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने २०/२५ जना बेपत्ता भएको अनुमान छ।

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए। ‘९ वटा घर पूर्ण रुपमा क्षति भएको जानकारी आएको छ।’ नागरिकसँग शेर्पाले भने, ‘२० देखि २५ जना बेपत्ता भएको आशंका छ। यकिन विवरण आइसकेको छैन। म पनि घटनास्थलतर्फ जाँदै छु।’ 

उनकाअनुसार उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ भने नेपाल प्रहरीलगायतको उद्धार टोली पनि केही बेरमा पुग्नेछ।

प्रकाशित: २८ भाद्र २०७७ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App