१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।

आरोपितलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो। घाँस काट्न गएकी बालिकालाई एकान्त देखेर आरोपितले नियन्त्रणमा लिई पोखरीको डिलमा झाडी भएको स्थानमा लगी बलात्कार गरेको पीडितले बालिकाले बताइन्। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

प्रकाशित: २७ भाद्र २०७७ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App