२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

एकै दिन दुई जनाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिबर क्लिनीकमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। देवदह नगरपालिका ६ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा आज साँझ ५ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।  

दमको समस्या भएका ती पुरुषलाई शुक्रबारै बिहान अस्पताल ल्याइएको थियो। रुघाखोकी र ज्वारोले च्यापेपछि  अस्पताल ल्याइएका उनको द्रुत परीक्षण बिधिबाट पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको डा.  थापाले बताए। उनलाई तत्कालै सघन उपचार कक्षमा राख्नु पर्ने भएपनि कोरोना अस्पतालमा बेड खाली नभएकाले फिबर क्लिनीकमै अक्सिजन लगाएर राखिएको डा. थापाले बताए।  

यसअघि आजै (शुक्रबार) बिहान कोरोना अस्पतालको सघन उपचार कक्षमा उपचारत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का ५५ वर्षे पुरुषको मृत्यु भएको थियो। भदौ १९ गतेदेखि कोभिड अस्पतालको आइसीयुमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। डा. गौतमका अनुसार उनलाई मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्या थियो। 

प्रकाशित: २६ भाद्र २०७७ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App