४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जना रहेका छन्।

यस्तै देशभर १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षणमा ९ सय २ जनामा संक्रमण देखिएको छ। सँगै अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ३२ हजार ९ सय ६४ जना कोरोना मुक्त भएका छन्।

 

प्रकाशित: २३ भाद्र २०७७ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App