२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोराेनालाई हल्का रुपमा लिँदा बढी मानवीय क्षति

सरकारी कमजोरी लुकाउन कोरोनाकालमा जबरजस्त स्थापित गरिएको ‘दीर्घरोगी र अशक्तबाहेकलाई असर नगर्ने’ गलतभाष्यकै कारण कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ। दीर्घरोगी र अशक्त बाहेककालाई कोरोनाले धेरै असर नगर्ने भन्दै चलाइएको हल्ला अन्ततः धेरैको ज्यानदिने कारक बनेको प्रदेश १ काचिकित्सकहरु बताउँछन्। समुदायतहसम्मै फैलिएको संक्रमणका बेला यस्तो हल्ला बढी जोखिमपूर्ण हुने उनीहरुको मत छ। ‘हो, दीर्घरोगीहरुको महत्वपूर्ण अंगहरु पहिलेदेखि नै कमजोर हुने हुनाले उनीहरुमा कोरोना भएपछि गा¥हो हुने र जटिलता आएमा व्यवस्थापन गर्न गाह्रो हुने, मृत्युु हुने सम्भावना बढ्ने हुन्छ,’ जनस्वास्थ्यका जानकार डा. बालकृष्ण साह भन्छन्, ‘तर यसको अर्थ दीर्घरोगीमा मात्रै कोरोनाको संक्रमण हुने वा जटिलता आउने चाहिँ होइन। कोरोना जसलाई पनि लाग्न सक्छ र जो सुकैमा पनि जटिलता हुनसक्छ।’

प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट सोमबार साँझसम्ममा ४३ जनाको मृत्यु भइसकेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेश १ माकोरोनाबाट ज्यान गुमाउनेमध्ये १२ जना प्रदेश २ घर भएका हुन्। उनीहरुको प्रदेश १ का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियोे। मृतकमध्ये धेरैमा केही दीर्घरोग भए पनि सबैमा त्यस्तै नदेखिएको स्वास्थ्यकर्मीको भनाइ छ।

विराटनगरस्थित मोरङ सहकारी अस्पतालका चिकित्सक साह यस्तो जटिलता धेरैमा आएको देखिएको बताउँछन्। ‘विशेष गरी युवावर्गले हामीलाई लाग्दैन भनेर हेल्चेक्र्याइँ गरेको पनि देखियो र पीडित पनि भए। सतर्कता र प्रमाणित तथ्यबाहेकका कुराको पछि लाग्ने गर्नै हुँदैन। त्यसले जोखिम बढाउँछ।’

दीर्घरोगीमा मात्रै कोरोनाको संक्रमण हुने वा जटिलता आउने होइन। कोरोना जसलाई पनि लाग्न सक्छ र जो सुकैमा पनि जटिलता हुनसक्छ।

संक्रमण हुन नदिन उच्च सतर्कता र संक्रमण भइहाले चिकित्सकको सल्लाह वा सम्पर्कमा जानै पर्ने भए पनि धेरैले हेलचेक्र्याइँ गरिरहेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यसमा सरकारी, खासगरी राजनीतिक नेतृत्वले कमजोरी देखाएको उनीहरुको भनाइ छ। ‘हामी दिनरात त्यही विषय अध्ययन गरेर, रिसर्च गरेर मात्रै होइन, बिरामीकै उपचार पनि गरेर बसेका छौं,’ विराटनगरमा कोभिड उपचारमा खटिएका सरकारी चिकित्सकले भने , तर, प्रधानमन्त्रीदेखि मन्त्रीहरु, मेयरहरु, नेताहरु आफै डाक्टर बनेर प्रचार गर्दै हिँड्छन्। यसले धेरैलाई भ्रममा पारेको छ। यसको सुरुआत परीक्षणबाटै भइरहेको उनीहरुको बुझाइ छ।

‘परीक्षण नगरी नहुनेहरुले ढिलो गरेको वा गर्दै नगरेको पाइएको छ,’ कोभिड उपचारमा संलग्न सरकारी चिकित्सक भन्छन्, ‘समस्या भएर आएपछि किन ढिला गरेको भन्दा दीर्घरोग केही थिएन भनेर ढुक्कपन प्रदर्शन गर्छन्। यस्तो प्रचार नै गलत भइरहेको छ।’

सोमबार बिहान मात्रै विराटनगरमा एकजनाको कोरोनाकै कारण ज्यान गयो। उनी १० दिनदेखि होम आइसोलेसनमा थिए। समस्या बढेपछि मात्रै उनलाई अस्पताल पुर्याइयो। त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो। ‘कोरोनामा भ्रम र हल्लाले हानि धेरै गरेको छ,’ ती चिकित्सक भन्छन्, ‘स्वाब दिएकाहरु निष्फिक्री घुम्ने, हप्तौंसम्म नतिजा नआउने, केही लक्षण नै नदेखिएकाहरु आत्तिँदै अस्पताल आउने तर लक्षण देखिएकाहरुले समयमा अस्पताल नआइदिने समस्याले असहज बनाइरहेको छ।’

त्यसो त साउन ८ सम्मप्रदेश माकोरोना संक्रमितको कुल संख्या ८२४ मात्रै थियो। वैशाख ५ मा उदयपुरको भुल्केमा भेटिएका १२ जना भारतीय नागरिकबाट सुरु भएको संक्रमणले सोमबारसम्म ४ हजारको आँकडा नाघेको छ। त्यसबेला सिटामोल पनि दिन नपरी धेरैको स्वास्थ्य लाभ भएको प्रदेशमा साउन ८ यता ४३ जनाको मृत्यु भइसकेको छ। ‘यो चिन्तालाग्दो विषय भएको छ,’ कोसी अस्पताल विराटनगरमा कोरोना उपचारमै खटिएका एक चिकित्सक भन्छन्, ‘कुनैबेला सिटामोल पनि दिनुपरेको थिएन। अहिले लगातार मृत्यु संख्या बढिरहेको छ। त्यसैले उपचार प्रबन्ध मिलाउने र संक्रमण फैलिन नदिने उपाय खोज्न ढिला गर्नुहुँदैन। ’

प्रदेशमा मृत्यु हुनेमध्ये ११ महिला र ३२ पुरुष छन्। आइतबार र सोमबार मात्र प्रदेशमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। पछिल्लोपटक विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर १० का ७६ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान मृत्यु भएको छ। यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आइतबार साँझ बूढीगंगा गाउँपालिका–४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भदौ १९ गते उपचारका लागि अस्पताल भर्ना गरिएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

आइतबार नै विराटनगर २ का ७० वर्षीय वृद्धको कोशी अस्पतालमा मृत्यु भएको थियो। यस्तै झापाको कन्काई–३ की ४५ वर्षीया महिलाको बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रदेशमा पहिलो मृत्यु साउन १ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो। सप्तरीको राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रदेशभित्रकै पहिलो मृत्यु साउन १४ गते भएको थियो। सुनवर्षी नगरपालिकाका ४५ वर्षीय संक्रमित पुरुषको बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानम ाउपचारको क्रममा मृत्यु भएको थियो। हालसम्म ज्यान गुमाउनेमध्ये २४ जना मोरङका छन्। मोरङको विराटनगरका १५ जना, बुढीगंगाका ४ जना, रंगेलीका १ जना, सुनवर्षीका १ जना, धनपालथानका १ जना, पथरीशनिश्चरेका १ जना र बेलबारीका १ जना छन्। मोरङपछि सुनसरीमा ५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु सबै धरानकाहुन्। सामाजिक विकास मन्त्रालयका अनुसार झापाको कमलगाउँपालिका र कन्काईका १–१ जना संक्रमितको मृत्यु भइसकेको छ।

साउन ८ मा लकडाउन खुल्नेबित्तिकै सुरु भएको अधिक चहलपहल, नरोकिएको तस्करीधन्दा, निषेधाज्ञा तोडेर हुने भारतसितको आवतजावतलगायतले संक्रमण उच्चपारेको प्रदेशमा संक्रमित थपिएपछि आइसोलेसन बेडकै पनि अभाव चरम अवस्थामा पुग्यो। मुख्यमन्त्री शेरधन राईले केही दिनअघि मात्रै विराटनगरमा एक हजार बेडको आइसोलेसन बेड निर्माणको निर्देशन दिएका छन्। सरकारी प्रक्रिया पूरा गरेर बेड पर्खनेभन्दा पनि आफैं सजग बन्नु बढी फाइदाकारी हुने जानकारहरु बताउँछन्। ‘थप संक्रमण र मानवीय क्षति रोक्न सतर्कताको विकल्प छैन,’ डा. साह भन्छन्, ‘सर्वसाधारणको सावधानी नै सबैभन्दा अचुक उपाय हो भन्ने नबिर्सौं।’

प्रकाशित: २३ भाद्र २०७७ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App