४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ : हेरक दिन ४ जना हाराहारीमा मृत्यु

पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण भयावह रुपमा फैलिँदै गएको छ। संक्रमणको ग्राफ उक्लिएसँगै दैनिक चार जना संक्रमित हाराहारीमा मृत्युवरण गरिरहेका छन्।  

मंगलबार पर्साको वीरगन्ज स्थित नारायणी अस्थाई कोरोना अस्पतालमा १७ दिनदेखि उपचारत वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी  मधुमेह र मृगौलाका विरामी थिए। पछिल्लो समयमा उनमा स्वासप्रस्वासको समेत समस्या देखिएको थियो। अर्का पहिचान नखुलेका ६० वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ।  

नारायणी अस्थाई गण्डक कोरोना अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत बाराको कल्बी नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। उनी गत भदौ १० गतेदेखि गण्डक अस्पतलामा भर्ना भएका थिए। मधुमेहका रोगी ती संक्रमति पुरुषमा पछिल्लो समयमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो।  

सिरहाको मिर्चैया नगरपालिका–६ मटिअर्वाका ५५ वर्षीय निजामती कर्मचारीको बीपी कोईला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारनमा मृत्यु भएको छ। मधुमेहका विरामीको उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि विराटनगर हुँदै धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। मृतक मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी हुन।  

प्रदेश २ मा पछिल्लो एक सातायता कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। जसमध्ये २६ जनाको पाँच दिन याता मृत्यु भएको तथ्यांक छ। मृत्यु हुनेमा चार वर्षे बालिकादेखि गर्भवती महिला समेत छन्।

भदौ ७ देखि १८ गतेसम्म प्रदेशमा ३२ जनाको मृत्यु भएको हो। यस अवधिमा सबै भन्दा बढी मृत्यु हुने जिल्ला महोत्तरी, बारा र पर्सा छन। यी जिल्लाहरुमा ८/८ जनाको मृत्यु भएको छ। पर्सामा मृतकको संख्या ३६ र बारामा १४ र महोत्तरीमा १० पुगेको छ। यस अवधिमा सिरहामा ५ जना थपिएर मृतकको संख्या ८ पुगेको छ। सप्तरी र धनुषामा १/१ जना थपिएको छ। धनुषामा मृतकको संख्या १२ र सप्तरीमा ६ पुगेको छ। सर्लाहीमा मृतकको संख्या सबैभन्दा कम ३ जना र रौतहटमा ५ जना छन। यीसमेत प्रदेशमा कुल मृतकको संख्या ९४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो ७ दिनमा यस प्रदेशमा १ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो समेत प्रदेशमा कुल संक्रमितको संख्या १० हजार ३ सय ६ पुगेको छ। ती मध्ये पाँच हजार दुई सय २४ जना सक्रिय संक्रमित छन। चार हजार नौ सय ३७ जना कोरोना मुक्त भएका छन्।  

अघिल्ला यी तथ्यबाट संक्रमणको वर्तमान अवस्था र जटिलताको जनाउ मात्र मिल्दैन निम्तिएको भयावह अवस्थालाई समेत संकेत गर्छ। नागरिकहरूको जीवन बचाउन संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरी प्रष्ट कार्ययोजनाका साथ आफ्नो कार्यशैलीलाई प्रभावकारी र गतिशील नबनाए संक्रटसित जुध्न सम्भव नगरेको लहानका बुद्धिजीबी चक्रपाणी दहाल बताउँछन।

समुदायस्तरमा संक्रमण भयावह बन्दै गएपछि प्रदेश सरकार परीक्षणको दायरा र दर बढाउन सक्रियता बढाएको छ।   नारायाणी अस्पताल वीरगन्ज, प्रादेशिक प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा थप एक/एक थान आरटि–पिसिआर मेसिन जडानका लागि प्रक्रिया अघि बढाइसकिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।  उनले भने,‘प्रदेशको आठ वटै जिल्ला अस्पतालमा समेत आरटि–पिसिआर मेसिनमार्फत परीक्षणलाई गति दिने निर्णय भएको छ। मेसिन खरिद गर्न बजेट निकासा गरेर खरिद प्रक्रिया समेत अघि बढि सकेको उनले बताए। उनले भने,‘छिट्टै आठै जिल्लाबाट पिसिआर परीक्षण सुरु हुँदैछ। जिल्ला जिल्लाबाट परीक्षण सुरु भएपछि रिपोर्ट पनि छिटो आउँछ उनले भने,‘परीक्षणको दर र दायरा पनि बढ्छ। परीक्षणबाट पहिचान भएका संक्रमितका लागि अक्सिजनसहितको आइसोलेसन केन्द्रको दायरा बढाउने काम समेत अगाडि बढाइएको उनले बताए। स्थानीय तहसँगको  समन्वयमा स्थापना हुने आइसोलेसन केन्द्रमा समान्य लक्षण बिनाका समान्य संक्रमितलाई व्यवस्थापन हुँदैछ। प्रदेश सरकारले कोभिड डेडिकेटेड अस्पताल थप्ने प्रक्रिया अघि बढाएको छ। उनले भने,‘पहिचानात्मक, परीक्षणात्मक र उपचारात्मक कार्य तिब्र रुपमा अघि बढाइएको छ।

 

 

 

 

प्रकाशित: १७ भाद्र २०७७ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App