४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

होम क्वारेन्टिनले जोखिम बढायो

विदेशबाट आएका नागरिक होम क्वोरन्टिनमा बस्न थालेपछि समुदायमा कोरोना जोखिम बढन थालेको छ। शिवनाथ गाउँपालिकामा–५ जना कोरोना संक्रमितको दोश्रो रिर्पाेट पोजेटिभ आएपछि उनीहरु गत जेठ अन्तिम साता संक्रमित भएपछि १६ दिन क्वोरन्टिनमा बसेर घर गएका हुन्। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार कोरोनाको लक्षण नै नदेखिएपछि घर पठाइएकाहरु पोजेटिभ भेटिएपछि समुदायमा त्रास फैलिएको छ। झण्डै ३ महिनापछि उनीहरुको परीक्षण रिर्पाेट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए।

सुर्नाया गाउँपालिकामा पनि दुई जना पुनः पोजेटिभ भेटिएका छन्। उनीहरु समुदायमा घुलमिल भइसकेकाले समुदायसम्म कोरोना जोखिम बढेको आशंका गरिएको छ। सरकारले निर्देशिष्ट गरेको होम क्वोरन्टिनका नियम पालन नहुँदा संक्रमणको जोखिम बढेको हो। घरमा अलग कोठा वेग्लै शौचालय लगायतका सेवा अधिकांश घरमा छैनन् जसको कारण विदेशबाट फर्केका नागरिक समुदायमा घुलमिल हुन थालेपछि जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्।

पछिल्लो समय बैतडीमा होम क्वोरन्टिनमा बसेका व्यक्तिहरुमा कोरोना पुष्टि हुन थालेपछि समुदायमा संक्रमणको जोखिम बढ्दै गएको छ। भारत तथा अन्य मुलुकबाट फर्केकाहरु होम क्वोरन्टिनमा बस्ने भन्दै धमाधम घर जान थालेपछि समुदायमा कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

जिल्लामा संक्रमितहरु मध्ये ६ भन्दा बढी संक्रमित होम क्वोरन्टिनमा बसिरहेका छन्। ‘होम क्वोरन्टिनको निर्देशिका अनुसारका हाम्रा घरहरु छैनन्,’ सम्पर्क व्यक्ति  जोशीले भने, ‘भारतबाट फर्केकालाई होम क्वारेन्टिनका नाममा घर पठाइँदै छ यसले समुदायमा जोखिम बढाएको छ।’

होम क्वारेन्टिनमा बसेकाहरु समुदायमा घुलमिल हुने गरेका छन्। घरमा अलग्गै बस्नुु पर्ने भए पनि उनीहरु गाउँघरमा खुलेआम घुम्ने गरेको स्थानीय बताउँछन्। ग्रामीण भेगमा गाउँमा कुनै भौतिक दुरी कायम गरिएको छैन। चाडपर्वको समयमा त बाहिरबाट गाउँ पसेकाहरु समुदायमा घुलमिल भएको पुचौडी नगरपालिका–४ का जनककिशोर भट्ट बताउँछन्।

यस अघि जिल्लाका विभिन्न विद्यालयमा क्वारेन्टिन राखिएको थियो। समुदायबाट टाढा बसेकाले त्यो बेला जोखिम कम भए पनि अहिले बाहिरबाट आएका सिधै गाउँ पस्न थालेका छन्। संस्थागत क्वारेन्टिनकै कारण अहिलेसम्म समुदायमा कोरोना नफैलिएको बताउँदै प्रमुख भट्टले अबका दिनमा पनि भारत तथा अन्य मुलुकबाट फर्केकाहरुलाई संस्थागत क्वारेन्टिनमै राख्नुपर्नेमा जोड दिए।  

संस्थागत क्वारेन्टिनकै कारण अहिले सम्म समुदायमा कोरोना नफैलिएको बताउँदै स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले अबका दिनमा पनि भारत तथा अन्य मुलुकबाट फर्केकालाई संस्थागत क्वारेन्टिन राख्न उपयुक्त हुने बताउँछन्। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले समेत प्रत्येक स्थानीय तहका संस्थागत क्वारेन्टिनमा निर्माण गरी बाहिरबाट फर्केकाहरुलाई संस्थागत क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको छ। तर कतिपय स्थानीय तहमा भारत तथा अन्य मुलुकबाट फर्केकाहरु सिधै घर जान थालेकाले समस्या आएको बताइएको छ।

प्रकाशित: १५ भाद्र २०७७ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App