१५ चैत्र २०८० बिहीबार
समाज

नदी दोहनको समाचार लेख्ने पत्रकारलाई दुर्व्यवहार

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई ज्ञापनपत्र बुझाउँदै पत्रकार महासंघ दोलखा अध्यक्ष जीवन लामा।

तामाकोसी नदीमा रातभरी अवैध रुपले डोजर हालेर नदी दोहन गरी बालुवा तस्करी भएको समाचार लेखेका पत्रकारलाई दुर्व्यवहार गरिएको छ। स्थानिय प्रशासनले असार यता नदी भित्र डोजर हाल्न निषेध गरे पनि रातभरी नदीमा डोजर हालेर दोहन भइरहेको समाचार लेखेका सगरमाथा टेलिभिजन र राम्रो पोष्ट अनलाइनका पत्रकार कैलाश लामालाई  दोहनमा संलग्न एक युवाले दुर्व्यवहार गरेका हुन्।  

उनले सामाजिक सञ्जालमा लामालाई तथानाम गाली गर्दै जातीय द्धेष फैलाउने गरी गाली गरेर स्टाटस लेखेका छन्। यस अघि समेत तामाकोसी दोहनको समाचार लेख्दा भीमेश्वर नगरपालिका ५ का राजिव श्रेष्ठ नाम गरेका ति युवाले ज्यान मार्ने धम्की दिदै आएको लामाले सुनाए।  

पत्रकार महासंघ दोलखा शाखाले आइतबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएर समाचार लेखेकै आधारमा पत्रकारमाथि दुर्व्यवहार गर्ने काम तत्काल बन्द गर्न र लामालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गरी कार्बाही गर्न माग गरेको छ। महासंघका जिल्ला अध्यक्ष जिवन लामाले दोलखामा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा दुर्व्यवहार तथा गाली गलौज गर्ने क्रम बढेको सुनाए। ‘समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया हुँदा हुँदै समाचारको आक्रोश फेसबुक तथा सामाजिक सञ्जालबाट पोखेर पत्रकारमाथि जाई लाग्ने र दुर्व्यवहार गर्ने क्रम बढेको छ’ उनले भने – ‘पत्रकारलाई समाचार लेखेकै आधारमा हतोत्साही बनाउने गरी यदि यस्ता गतिविधि नरोके स्थानिय प्रशासनसहित सम्बन्धीत निकाय विरुद्ध महासंघ आन्दोलनमा उत्रिन बाध्य हुनेछ।  प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले दोषीलाई पक्राउ गरी कार्बाही गरिने सुनाए। उनले समाचार लेखेकै आधारमा पत्रकारमाथि आक्रोश पोख्ने र गालीगलौज गर्ने प्रवृत्ती प्रेस स्वतन्त्रता विरोधी भएकाले यस्ता गतिविधि रोक्न प्रशासनले पहल गर्ने सुनाए।  

यसै बिच प्रेस युनियन दोलखा शाखा, प्रेस संगठन दोलखा र जनजाती पत्रकार महासंघ जिल्ला शाखाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन्।

प्रकाशित: १५ भाद्र २०७७ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App