१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगलागीबाट तीन लाख बराबरको धनमाल नष्ट

आगलागीमा परेको सल्ले अम्बोटेका जमसरी राईको घर । तस्बिर: नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको घरमा आगलागी भएको छ । घरमा ठूला मान्छे नभएको अवस्थामा शुक्रबार आगलागी हुँदा राईको ढुंगा, माटो र खरको छानो भएको तीन तले घर तथा घरमा भएका अन्नपात जलेर नष्ट भएको हो । आगलागीमा राईको नगद १० हजार, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामाग्री जल्दा करिब ३ लाख बराबरको क्षति भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताए ।  

आगो स्थानीयबासी र प्रहरीचौकी अर्खौलेबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए । केटाकेटीले आगो खेलाउँदा घरमा आगोलागी भएको अनुमान गरिएको छ । केटाकेटीले घरमा अरिंगाल आएको र डढाउन खोज्दा आगलागी भएको जवाफ दिएको वडाध्यक्ष राईले बताए । आगलागीबाट बिस्थापित ४ जनाको परिवारलाई वडा कार्यालयले पाल उपलव्ध गराएको भने स्थानीय नयाँ बिहानी दुधकोशी युवा क्लवले अस्थायी बसोबासको व्यवस्था मिलाएको जनाइएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App