६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध युवा : चोकचोकमा साबुन-पानी र सन्देशमूलक सूचना

खाल्पिटारका युवाले व्यवस्था गरेका साबुन-पानी र सूचना

सूर्यविनायक नगरपालिका, खल्पिटारका युवा आफ्नो टोलमा कोरोना संक्रमण फैलिन नदिन सक्रिय भएका छन् । खल्पिटार युवा क्लबमा आवद्ध उनीहरूले स्थानीयलाई कोरोना कसरी सर्छ भन्नेबारे सन्देश दिँदै चोकचोकमा साबुन र पानीको व्यवस्था गरेका हुन् ।  

अहिले खाल्पिटारका स्थानीय तथा काम विशेषले त्यहाँ पुग्ने जो कोहीले सजिलै साबुन–पानीले हात धुन पाउँछन् । त्यति मात्र होइन, छेउमा टाँसिएका सूचना पढेर कोरोना भाइरस कसरी सर्छ, त्यसबाट बच्न के गर्नुपर्छ भन्ने महत्वपूर्ण जानकारी पनि पाउन सक्छन् ।  

खाल्पिटारका विभिन्न चोकमा फलामको स्ट्यान्ड, त्यसमाथि  बिर्कोसहितको बाल्टिनमा पानी र छेउमा साबुन राखिएका छन् । अनि नजिकै भित्तामा कोरोनाबाट जोगिने चेतनामूलक पोस्टर टाँसिएका छन्। जसमा मास्क अनिवार्य लगाउने र भीडभाडमा नजाने, पानी नभएका ठाउँमा हातमा सेनिटाइजर दल्नेजस्ता सन्देश लेखिएका छन् ।  

‘हात धुने बेला सूचना पनि पढ्न पाउन् भनेर पम्पलेट पनि टाँसेका हौं,’ क्लबका सदस्य मनिष श्रेष्ठले नागरिकसँग भने ।  

बाल्टिनको रेखेदेख गर्ने र  पानी भर्ने जिम्मा भने त्यही छेउका घर तथा पसलेले लिएको क्लबका अध्यक्ष एलिश श्रेष्ठले बताए ।  

हालै स्थापित क्लबले पहिलो चरणमा ९ ठाउँमा मात्र साबुनपानी राखेको र आवश्यकताअनुसार क्रमशः अन्य ठाउँमा पनि यस्तो व्यवस्था गरिने उनले जानरकारी दिए । 

साथै कोरोना संक्रमणका जोखिम भएका विभिन्न स्थानलाई निर्मलीकरण गर्ने अभियान पनि सञ्चालन भइरहेको क्लबले जनाएको छ ।  

प्रकाशित: ८ भाद्र २०७७ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App