५ माघ २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार  कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो।

यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ। सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ। शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ।

बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ।

प्रकाशित: ५ माघ २०८१ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App