८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

भदौ १६ देखि नियमित उडान, यात्रुलाई पीसीआर अनिवार्य

सरकारले सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशबाट नेपालीलाई ल्याउनको लागि भदौ १६ गतेबाट नियमित उडान सुरु गर्न लागिएको हो। नियमित उडानको तालिका पर्यटन मन्त्रालयले बनाउने छ। दैनिक ५ सय यात्रु ल्याउने गरी तयारी सुरु गरिएको हो। उक्त उडानमा आउनेहरुसँग ७२ घण्टा अवधिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

नेपाल आएपछि पनि उनीहरु ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ। नियमित उडान नहुने देशमा दूतावाशले चार्टड उडान गर्नेछन्। पीसीआर टेष्ट गरेका र नगरेका यात्रु एउटै विमानमा ल्याएमा सबैको क्वारेन्टिन खर्च सम्वन्धित एयरलाइन्सले व्यहोर्नु पर्ने पनि खतिवडाले बताए।

 

 

 

प्रकाशित: ५ भाद्र २०७७ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App