समुदायमा गरिएको स्वाब संकलनको नतिजामा धमाधम कोरोना पुष्टि हुन थालेको छ। शुक्रबार आएको स्वाब संकलनको नतिजामा बाँसगढी नगपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ। क्वारेन्टिनमा बसेका मात्र नभई समुदायबाट संकलन गरिएको स्वाबको नतिजामा कोेरोना पुष्टि भईरहेको हो।
बिहीबार आएको नतिजामा राजापुर नगरपालिकामा समुदायमा बस्ने ५ जनाको कोरोना पुष्टि भईसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। समुदायमा ७४ जना कोराना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका गोर्कण गिरीले बताए।
‘क्वारेन्टिनमा भएका र समुदायमा पनि स्वाब संकलन भईरहेको छ,’उनले भने,‘पछिल्लो समय समुदायमा पनि कारोना संक्रमित भेटिन थालेका छन्।’ उनका अनुसार ३ सय १९ संक्रमित मध्य एक जनाको मृत्यु भएको छ। ८ हजार १ सय ४८ जनाको स्वाब संकलन गरिएको छ। ५८ जना संक्रमित आइसोलेसनमा बसिरहेका छन्।
प्रकाशित: ५ भाद्र २०७७ ११:१५ शुक्रबार





