३ असार २०८१ सोमबार
image/svg+xml
समाज

उद्योगका कामदारमा कोरोना संक्रमण फैलिदो

सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवीका एकपछि अर्को उद्योगमा काम गर्ने कामदारका कोरोना पुष्टि हुने क्रम बढ्दो छ। दुहवीमा समूदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि उद्योगका कामदारको नमुनाको रुपमा पिसिआर परीक्षण गर्दा दश जनाको पोजेटिभ पुष्टि भएको हो।  

दुहवी स्वास्थ्य शाखाका अनुसार वडा नं. ३ को पिमियर स्टिलमा सात, वडा नं. २ को पूर्वाञ्चल डेस्टिलरीमा दुई र वडा नं. ८ को अन्नपूर्ण जुक्ता चप्पल  उद्योगमा एक जना कोरोना पुष्टि भएको छ। ‘नमुनाको रुपमा केही मजदुरको परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अब थप मजदुरको उद्योगले नै पिसिआर गर्नुपर्छ,’ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक विन्देश्वर महत्तोले भने, ‘उद्योगले पिसिआर गर्ने व्यवस्था चाँडो गर्नुपर्छ।’ यसअघि पनि दुहवी क्षेत्रका उद्योगमा तीन जना मजदुरलाई कोरोना पुष्टि भएको थियो। अहिलेसम्म उद्योगका मजदुर मात्र दुहवी क्षेत्रमा १३ जना पुगेका छन्।  

 सुनसरीका नाम चलेका उद्योग रिलायन्स, अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एशियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, पशुपति पेन्ट्स, पशुपति वायर, ओम प्लाई उडलगायतका थ्रपै उद्योगमा काम गर्ने कामदारको संख्या ठूलो  छ। यी उद्योगमा काम गर्नेलाई कोरोना संक्रमण फैलिए नियन्त्रण बाहिर जाने भएकाले गर्दा नियमनकारी निकाय सचेत रहँदै आएको छ।  

उद्योगका कामदारमा कोरोना संक्रमण फैलिए स्थिती नियन्त्रणमा लिन असहज हुने भएकाले गर्दा बेलैमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सकुर्लर पनि जारी गरि सकेको छ।

 

प्रकाशित: ५ भाद्र २०७७ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App