लिदी पहिरोमा मंगलबार थप दुई शव भेटिएको छ। पहिरोमा बेपत्ताको खाजी गर्ने क्रममा दुई वृद्धा मृत फेला परेका हुन्।
७२ वर्षीया शिरमाइ दोङ र ८७ वर्षीया धनलक्ष्मी श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। योसँगै लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ। पहिरोमा अझै १५ हराइरहेका छन्।
जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार बस्ती माथिबाट पहिरो खस्दा ३७ पुरिएका थिए। पहिरोमा घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए। बेपत्तामध्ये २४ मृत भेटएका हुन्। पहिरोले सबैभन्दा बढी बालबालिकाको ज्यान लियो। नौ बालक र पाँच बालिकाले पहिरोमा ज्यान गुमाएका छन्। त्यस्तै हालसम्म ६ महिला र चार पुरुषको शव भेटिएको छ।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित डेढ सय संख्यामा रहेका सुरक्षाकर्मी बेपत्ताको खोजीमा परिचालित छन्।
प्रकाशित: २ भाद्र २०७७ ०९:५६ मंगलबार