१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अपहरणको अरोपमा ५ जना पक्राउ

अपहरणको अरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राति ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले पिछा गर्दै जाँदा ललितपुर इमाडोलबाट कारसहित उनीहरूलाई पक्राउ गरेको हो। मोबाइलको लोकेशनको आधारमा  सिआईबी र ललितपुर प्रहरीले संयुक्त खोजी गरेका थिए।   बा १२ च १६१७ नम्बरको कारसहित ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरबाट ६ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई हाल काठमाडौं डल्लु बस्ने किसन डगौरा,  ललितपुर टीकाथली बस्ने निर्प सोडारी, ललितपुर टीकाथली बस्ने लाल बहादुर रावल, सम्राट रावल र नविन खड्का र महालक्ष्मी–८ लुभु बस्ने गणेश बहादुर साउद रहेका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिल यादवले लेनदेन नमिलेपछि अपहरण गरेको र ललितपुरतिर लैजादै गर्दा प्रहरीले पक्राउ गरेको बताए।

प्रकाशित: २ भाद्र २०७७ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App