७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा ८ जना डिस्चार्ज, ३ संक्रमित थपिए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका ८ जना कोराना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको दोस्रो पटकको कोराना रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। अस्पतालका मेडिकल रेकर्डर मेगराज बुढाका अनुसार ८ जना कोराना संक्रमित निको भएर घर जाँदा तीन जना कोराना संक्रमित थपिएका हुन्।

यसअघि कोराना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्दा चन्दननाथ नगरपालिका २ का २२ बर्षिय पुरुष,चन्दननाथ ४ का ३१ वर्षीय पुरुष र चन्दननाथ नगरपालिका ५ का ३३ बर्षिय एक पुरुषमा कोराना देखिएको हो। उनीहरु सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा राखिसकिएको मेडिकल रकर्डर बुढा बताउँछन्।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा पछिल्लो समयमा देखिएको संक्रमणको अवस्था हेर्दा समुदाय सम्म कोराना पुगिसकेको आशंका गर्न सकिने बताउँछन्। उनले भने,‘कोराना संक्रमितको अवस्थालाई मध्येनजर गर्दै जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। कोराना फैलन नदिनको लागि लकडाउनको विकल्प छैन्। स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउनको लागि जुम्लाबासीलाई अपिल समेत गरेको छ। ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा हाल ६ जना संक्रमित छन्। प्रमुख जिल्ला अधिकारी थापाले घरवाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने बताउँछन्। उनले भने, ‘सेनिटाइजरको नियमित प्रयोग र साबुनपानीले हातमुख धुनुपर्छ। सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्छ। यो मापदण्ड कार्यन्वयनका लागि स्थानीय प्रशासनले हदै सम्मको कडाई गरेको छ।  

कोराना संक्रमितको संख्या बढिरहेको बेला प्रशासन कार्यालयले जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी थापा भन्छन्, ‘लकडाउनको पुर्ण पालना गर्न र लक्षण देख्ना वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न हार्दिक अपिल गर्दछु।’

सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी ओमप्रकाश देवकोटाका अनुसार निषेधाज्ञा पालना नगर्ने ३२ जनालाई कारबाही गरिएको छ। जसमध्ये अधिकांस बालबालिका र बुढाबुढी छन्। उनीहरुले निषेधाज्ञा भएको बारेमा जानकारी नपाएको भन्दै अब उच्च सतर्कता अपनाएर अघि बढ्ने बताएका थिए। सुचना अधिकारी देवकोटा भन्छन्,‘ कोराना संक्रण फैलन नदिनको लागि अधिकतम प्रयत्न भइरहेको छ। जुम्लाबासीले पनि सतर्क बन्नु पर्ने बेला आएको छ। ’

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुुुसार पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोराना संक्रमित थपिएका छन्। सुर्खेतमा ७ जना, धनुषामा १ जना, सल्यानका १ जना, भारतका १ जना र सल्यानमा १ जना कोराना संक्रमित थपिएका हुन। यस्तै जुम्लामा तीन जना र दैलेखमा १ जना कोराना संक्रमित थपिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। संक्रमित मध्ये २ जना महिला छन्।

सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। २४ घण्टामा कर्णाली प्रदेशमा कोराना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या १४ छ। यो संगै कर्णालीमा एक हजार नौ सय २८ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। हाल सम्म कर्णालीमा कोराना पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ।  

प्रकाशित: १ भाद्र २०७७ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App