१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

३०३ राइफल गोली बरामद, फरार कैदी पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ।  

प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राइफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।  

त्यसैगरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौंबाट फरार भएका कैदीलाई प्रहरीले चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट पक्राउ गरेको छ।  

जबरजस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका–१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले पक्राउ गरी आज जगन्नाथदेवाल कारागार, काठमाडौँ पठाएको प्रहरी नायब उपरीक्षक जबेगुले बताए।

प्रकाशित: ५ कार्तिक २०८२ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App