१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थारू समुदायमा धुमधाम ‘अस्टिम्की’

पश्चिम नेपालमा थारू समुदायका महिलाहरूले विशेष महत्वराख्ने कृष्णजन्माष्टमी पर्वकोरौनक बढेको छ। यो पर्व पूर्वी तराईमाभन्दा दाङदेखि पश्चिमका बाँके , बर्दिया, कैलाली , कञ्चनपुर, सुर्खेतलगायत जिल्लाका थारू समुदायका महिलाले धुमधामसँग मनाउने गर्दछन्। उनीहरू यो पर्वको तयारीमा जुटेका छन्। भगवान कृष्णका लागि चढाउनु पर्ने सामग्रीको व्यवस्थापनमा खटिएका छन्। थारू समुदायका बस्तीमा कृष्णजन्माष्टमीको चहलपहल सोमबारदेखि सुरु भइसकेको छ।

थारु अगुवाकाअनुसार यो पर्व अन्य समुदायका महिलाले मान्दै आएको तीज पर्व जत्तिकै महत्वका रूपमा थारू समुदायका महिलाले मनाउने गर्दछन्। कृष्णजन्माष्टमी पर्वमा निराहार ब्रत बस्ने अविवाहित महिलालेराम्रो बर पाउँ भन्ने कामना गर्दछन् भने विवाहितले पतीको दिर्घायूसँगै घर परिवारको समृद्धिको कामना गर्दै भगवान कृष्णको पुजा गर्ने गर्ने चलनरहेको छ। ‘यो पर्व थारू समुदाायका महिलाको ठूलो पर्व हो, महिलाहरू ब्रत बसेर कृष्णको पुजाआजा गर्नेर आफ्नो मनोकांक्षा पूरा होस् भनेर कामना गर्दै ब्रत बस्ने पर्व हो,’ दाङका पुराना थारू अगुवा चन्द्रप्रसाद चौधरीले भने ‘थारू समुदायका महिलाहरूको प्रमुख पर्वका रूपमा मनाइने यो पर्वमा पुरुष भने ब्रत बस्दैनन्।’

थारू अगुवाकाअनुसार कृष्णजन्माष्टमी पर्वलाई थारू समुदायले ‘अस्टिम्की’ भन्ने गर्छन्। भगवान कृष्ण थारू समुदायका कुल देवताका रूपमारहेको यो मान्यतामा मान्यता छ। द्वापरयुगदेखि यो समुदायसँग जोडिएको भगवान कृष्णसँगको सम्बन्धका कारण कृष्ण थारू समुदायका कुल देवताका रूपमारहन गएको थारू अगुवा चन्द्रप्रसाद बताउँछन्। ‘हाम्रो समुदायले भगवान श्रीकृष्णलाई देवताको रूपमा स्थान दिएको छ,’ उनले भने। थारूराजा दंगीशरणर कृष्णबीचको बैमनश्यबाट थारू समुदायर कृष्णबीचको सम्बन्ध स्थापित भएको किंवदन्ती छ। ‘द्वापरयुगमा थारूराजा दंगीशरण सामु स्वर्गकी अप्सरा मेनका शरणमा पर्न आइन्। उता मेनकाको खोजी गरिरहेका कृष्णलेराजा दंगीशरणको शरणमा पुगेको भन्ने थाहा पाए। अनि दंगीशरणको शरणबाट छुट्याएर मेनकालाई आँफुसँग ल्याउन निर्देशन दिए। तर दंगीशरणले प्रेम गर्दै आएकी मेनकालाई कृष्ण कहाँ पठाउनराजी नभएको’ थारू किंवदन्तीमा उल्लेख छ।  

‘कृष्ण भगवानले दंगीशरणलाई जितेर मेनकालाई ल्याउ भनेर अन्ज्य देवतालाई निर्देशन दिनु भएकोरहेछ,’ चन्द्रप्रसाद भन्छन् ‘तर दंगीशरणले अगाध प्रेम गर्न थालिसकेका कारण मेनकालाई छोड्नराजी हुनु भएन भन्ने किंवदन्तीमा उल्लेख छ।’ तर भगवान कृष्णले युद्व गरेरै ल्याउन भनेपछिराजा दंगिशरण डराए अनि पाँच पाण्डको शरणमा गइपुगे। पाँच पाण्डव मध्यका भीमले दंगिशरण समक्ष एउटा सर्तराखे ‘सबै देवताहरूलाई मान्नुपर्छ।’ दंगिशरणले आफ्नो ज्यान जोगाउनका लागि सबै देवतालाई मान्ने बचन दिए। दंगिशरणलाई कृष्णको आक्रमणबाट बचाउने आश्वासन दिएका भीमर कृष्णबीच द्वन्द्व चल्यो।  

यो द्वन्द्वको समापनपछिराजा दंगीशरणले सबै देवतालाई मान्न थालेकोर कृष्ण कुलदेवताका रूपमा आफूहरूले समुदायमा स्थान पाएको अगुवाहरूको भनाइ छ। ‘थारूराजा दंगिशरणले सबै देवतालाई मान्नेर भगवान कृष्णलाई कुलदेवताका रूपमा मान्न थालेपछि अहिले पनि हाम्रो समुदायले भगवान कृष्णलाई कुलदेवताका रूपमा स्थान दिँदै आएको देखिन्छ,’ चन्द्रप्रसाद भने। थारू समुदायका महिलाहरूमा विशेष महत्वराख्ने यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ। यो पर्वको अघिल्लो दिन थारू समुदायका महिलाले दर खाने प्रचलनरहेको छ।  

‘यो पर्वको अघिल्लो दिन महिलाहरूले दर खाने प्रचलनरहेको छ,’ चन्द्रप्रसादले भने, ‘कृष्ण जन्माष्टमीका दिन उनीहरू ब्रत बस्ने प्रचलनरहेको छ।’ दिनभर ब्रत बसेका महिलाहरू बेलुका कृष्णलको फोटामा पुजा गर्ने प्रचलन छ। पुजाको सुरुमा गाउँका मुखिया महतवाको घरदेखि सुरु हुन्छ। गाउँका सबै महिलाहरू उनै महतवाको घरमा पुजाका लागि भेला हुने गर्दछन्। महतवाको घरको भित्तामा कृष्णलगायत अन्य चित्रहरूराखिएको हुन्छ।  

प्रकाशित: २७ श्रावण २०७७ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App