१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनकपुरमा मृत्यु भएका सुरक्षागार्डमा कोरोना पुष्टि

आइतबार बिहान जनकपुरधामको विनय तारा फाउन्डेसन एन्ड क्यानसर अस्पतालमा मृत्यु भएका सुरक्षा गार्डको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।  ज्वरोले थलिएका उनलाई स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि विनय तारा अस्पताल पुर्याएका उनको त्यहीँ मृत्यु भएको थियो।  

कोरिनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले पिसिआर परीक्षणका लागि आइतबार नै स्वाब संकलन गरिएको थियो प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नागरिकसँग भने,‘रिपोर्ट पोजेटिभ आएपछि कोभिड प्रोटोकोलअनुसार शव व्यवस्थापन गरिएको छ।  अहिले उनको कन्ट्याक्टर ट्रेसिङसहित थप अनुसन्धान भैरहेको छ, उनले भने। ’  

मृतक जनकपुरधामको कदमचोक स्थित विनय तारा फाउन्डेशन एन्ड क्यान्सर अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए।  मिथिला विहारी गाउँपालिका–५ ललियाका उनी घर विदामा गएका थिए।  घरमै रहँदा आइतबार विहान ७ बजे शौचालयबाट फर्केपछि सास फेर्न गाह्रो महसुस भएपछि परिवारजनले उपचारकाका उनी कार्यरत अस्पतलमा पुर्याएका थिए।  तीन चारदिन देखि ज्वरोले थलिएका उनि गाउँकै औषधि पसलबाट औषधि किनेर खाइरहेका थिए।  परिवारसँगै बसिरहेका उनको सम्पर्क धेरै मानिससँग भएको पाइएको छ।  यसैगरी, जानकपुरधामकै काब्या हस्पिटलमा आइतबार उपचारको क्रममा मृत्यु भएका मुटु र दमका विरामीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।  

सुरक्षागार्डको मृत्युसँगै धनुषामा कोरोनाबाट मृतकको संख्या २ पुगेको छ भने प्रदेश २ मा मृतकको संख्या २८ पुगेको छ।  

 

 

 

 

 

प्रकाशित: २६ श्रावण २०७७ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App