१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा समुदायस्तरका थप १७ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । आइतबार पुष्टी भएका संक्रमितमध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तौलिहवा बजारमा पसल संचालन गर्दै आएका ब्यापारी, कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र त्यही अस्पतालमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका सुरक्षाकर्मी तथा कृष्णगनरका एक ब्यापारी संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 

गत साउन ४ र २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि संकलन गरिएका २२६ नमुनामध्ये ११७ नेगेटिभ, ११ पोजेटिभ र ९८ नमुना प्रतीक्षारत छन् । गत साउन ४ र २३ गते, कपिलवस्तु अस्पतालदेखि संकलन गरिएका ६ नमुनामध्ये ५ पोजेटिभ आएको छ । 

कृष्णनगर नगरपालिकामा थप १ जना संक्रमित भएका हुन् । यसअघि तौलिहवा बजारका २० जना र मायादेबी गाउँपालिकाका एक जना समुदायस्तरका मान्छे संक्रमित भएका थिए । द्रुत परीक्षणका क्रमा अहिलेसम्म ५३ जना संक्रमित भेटिएका छन् ।  

कपिलवस्तु अस्पतालका ६ स्वास्थ्यकर्मी संक्रमित
जिल्ला स्वास्थय कार्यालय अनुसार अहिलेसम्म कपिलवस्तु अस्पतालका ६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । २ महिनाअघि अस्पतालमा कार्यरत एक स्टाफ नर्स संक्रमित भएकी थिइन् । निको भएपछि अहिले उनी काममा फर्किसकेकी छिन् । तीन दिनअघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट समेत संक्रमित भएका थिए ।  

स्वाब संकलन गर्दै आएका उनी अहिले आइसोलेसनमा छन् । आइतबार अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटका, ऐक्सरे र ओपीडीमा काम गर्ने कर्मचारी संक्रमित भएका छन् ।  

कपिलवस्तु नगरपालिका भित्रका होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय
समुदायस्तरमा कोरोना फैलिएको भन्दै कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको होटल तथा रेस्टुरेन्ट सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको छ । आइतबार होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नगर समितिको बैठकले नगर क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट र चिया पसल बन्द गर्ने निर्णय गरेको हो । संघका जिल्ला अध्यक्ष गोपाल क्षेत्रीले कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भएपछि बन्द गरिएको बताए । आवश्यक सावधानी, सचेर रहन र बच्नका लागि ब्यवसाय केही सयमका लागि बन्द गरिएको हो । अहिले अनिश्चितकालका लागि बन्द गरिएको र स्थिति सामान्य बनेपछि बल्ल खोलिने खत्रीले बताए । उता नगरका ब्यापारीहरुले समेत लकडाउन कडा गर्नु पर्ने बताएका छन् ।  

प्रशासनले सोमबारदेखि लकडाउनमा फेरी थप कडाई गर्दै
कोरोना संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनमा थप कडाई गर्र्ने संकेत गरेको छ । यस अघि गत साउन २२ देखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । बैकिङ संस्था सार्वजनिक यातायात बन्द छन् । तर बजार र निजी सवारी साधन भने खुला छन् । सोमबार भने अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने प्रशासन श्रोतले जनाएको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सोमबार प्रशासन कार्यालयमा लकडाउनका विषयमा बैठक बसेर केही निर्णयहरु लिने बताए ।

प्रकाशित: २५ श्रावण २०७७ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App