coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक सातामा १७ को मृत्यु

यो साता कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। यसै अवधिमा २ हजार ५ सय ६ जना संक्रमित थपिए भने एक हजार ८ सय २१ उपचारपछि डिस्चार्ज भए। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म मुलुकमा कुल संक्रमित संख्या २२ हजार ५ सय ९५ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबार मुलुकभर ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ नयाँ संक्रमित थपिएको र ४ सय ९९ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए। कोरोनाबाट थप तीनजनाको मृत्यु भएको जानकारी पनि उनले दिए। काठमाडौं, पर्सा र मोरङमा गरी थप तीनजनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ७३ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं टोखा नगरपालिका ६ कि ४१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको शनिबार पुष्टि भएको हो। ती महिलाको शुक्रबार उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो। मधुमेह र दमबाटपीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। यस्तै मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उच्च रक्तचाप र निमोनियाको समस्या भएका ती पुरुषको शुक्रबार मृत्यु भएको थियो। प्रदेशगत आधारमा हेर्ने हो भने प्रदेश १ मा पाँच, प्रदेश २ मा ३१, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सातजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमा काठमाडौंमा ५६, पर्सामा ५५, बाँकेमा ४९, मोरङमा ३७, सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बागलुङमा १३, सुनसरीमा १० जना छन्।  

त्यस्तै काभ्रे, स्याङ्जा र बारामा सात÷सातजना तथा मकवानपुरमा ६, रामेछापमा पाँच, रौतहट, कञ्चनपुर र कैलालीमा चार÷चार, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत र बझाङमा तीन÷तीन, चितवन, सिन्धुली, धादिङ र दोलखामा दुई÷दुई नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटमा एक÷एकजनामा संक्रमण पुष्टि भएको छ।

कुल संक्रमितमध्ये शनिबारसम्म प्रदेश १ का ९ सय ४२, प्रदेश २ का ३ हजार ३ सय २६, वाग्मती प्रदेशका ६ सय र गण्डकी प्रदेशका १ हजार ४ सय ४१, प्रदेश ५ का ४ हजार १ सय ७९, कर्णाली प्रदेशका १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशका ३ हजार ९ सय ३८ गरी १६ हजार ३ सय १३ जना निको भएका छन्।

यसैगरी शनिबारसम्म मुलुकमा ६ हजार २ सय ६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९ सय २९, वाग्मती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय सातजना सक्रिय संक्रमित छन्। उनीहरूको उपचार भइरहेको छ। मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार मुलुकका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना छन्।  

उपत्यकामा एक सातामा ४६१ संक्रमित थपिए

काठमाडौं उपत्यकामा शनिबार मात्र ६२ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५६, भक्तपुरमा तीन र ललितपुरमा तीनजना छन्। उपत्यकामा आइतबार ३१, सोमबार ५१, मंगलबार ६२, बुधबार ६२, बिहीबार ८७ र शुक्रबार १०६ जनामा संक्रमण देखिएको थियो। शुक्रबार काठमाडौंमा ९२, भक्तपुरमा चार र ललितपुरमा १० जनामा संक्रमण देखिएको थियो। त्यस्तै बिहीबार काठमाडौंमा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जना संक्रमित थपिएका थिए। बुधबार काठमाडौंमा ५७ र ललितपुरमा पाँचजनामा संक्रमण देखिएको थियो। मंगलबार काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा एकजनामा संक्रमण पुष्टि भएको थियो। सोमबार काठमाडौंमा ४३, भक्तपुरमा पाँच र ललितपुरमा तीन्जना संक्रमित फेला परेका थिए। आइतबार काठमाडौंमा २२, ललितपुरमा आठ र भक्तपुरमा एकजनामा संक्रमण देखिएको थियो।

त्यस्तै काभ्रे, स्याङ्जा र बारामा सात÷सातजना तथा मकवानपुरमा ६, रामेछापमा पाँच, रौतहट, कञ्चनपुर र कैलालीमा चार÷चार, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत र बझाङमा तीन÷तीन, चितवन, सिन्धुली, धादिङ र दोलखामा दुई÷दुई नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटमा एक÷एकजनामा संक्रमण पुष्टि भएको छ।

कुल संक्रमितमध्ये शनिबारसम्म प्रदेश १ का ९ सय ४२, प्रदेश २ का ३ हजार ३ सय २६, वाग्मती प्रदेशका ६ सय र गण्डकी प्रदेशका १ हजार ४ सय ४१, प्रदेश ५ का ४ हजार १ सय ७९, कर्णाली प्रदेशका १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशका ३ हजार ९ सय ३८ गरी १६ हजार ३ सय १३ जना निको भएका छन्।  यसैगरी शनिबारसम्म मुलुकमा ६ हजार २ सय ६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९ सय २९, वाग्मती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय सातजना सक्रिय संक्रमित छन्। उनीहरूको उपचार भइरहेको छ। मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार मुलुकका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना छन्।

प्रकाशित: २५ श्रावण २०७७ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App