२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउँदै

नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। 

उक्त मल मध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ। यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। 

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ ९ब्यागिङ० को काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने कृषि, वन तथा पर्यावरण मन्त्रालयको दाबी छ।

प्रकाशित: १ श्रावण २०८३ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App