१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ली किसानको दिनचार्य : थाल ठट्याउँदै, सलह भगाउँदै

जुम्ला सदरमुकाम खलंगा आसपासको खेतियोग्य जमिनमा ठाउँठाउँमा किसानहरुको समूह जम्मा हुन्छन्। उनीहरु थाल, बाजा र रेडियो क्यासेट लिएर बस्छन्। आकाशमा उडिरहेको सहललाई भुइमा बस्न नदिनको लागि हरेक गीत बजाउँछन। सलह बालीनालीमा पस्यो भने निकै ठुलो क्षति गर्ने भएकोले दिनभर खेतबारीमै तैनाथ भएर बसेको  उनीहरुले बताउँछन्।  

असार २८ गते मुस्ताङ हुँदै डोल्पा पुगेको सहल जुम्ला पनि पुग्यो। जुम्लाको पातारासी गाउँपालिकामा बालीनालीका निकै ठुलो क्षति गर्यो। किसानले सहल भगाउनको लागि अनेक प्रयत्न गरे। स्थानीय सरकारले सलह मारेर ल्याउने किसानलाई प्रतिकेजी दुई सय रुपैयाँ दिने घोषणा गर्यो। फलस्वरुप सहल भाग्यो।  

तर अहिले पनि जिल्लाका अधिकांश स्थानीय तहमा सलह किरा घुमिरहेको छ। पहिले ठुलो झुण्डमा आईपुगेको सलह सानो झुण्डमा देखिएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा सलह बिछटिएकोले क्षति नगर्ने बताउँछन्। उनले भने,‘यो झुण्डले क्षति गर्दैन भनेर किसान ढुक्क हुने अवस्था त छैन्। तै पनि सहल भगाउनको लागि किसान सचेत हुन जरुरी छ।’

अहिले किसान आफैमा सचेत भइसकेकोले सलह भगाउन खासै चुनौती नभएको प्रतिक्रिया दिए। जुम्लामा तीन रोपनी जग्गामा लगाएको सिमिबाली क्षेति भएको कृषि विकास कार्यालय बताउँछ।  

पहिलो पटक प्रवेश गर्दा पात खाएको थियो। पलाइसकेको छ। अहिले भएको क्षतिको एकिन तथ्यांक भन्न सकिने अवस्था छैन्।  तथ्यांक संकलन भइरहेको छ। कृषि कार्यालय भित्र सलह अपडेट सेन्टर स्थापना भएकोले तथ्यांक संकलन कार्य चलिरहेको छ। हरेक स्थानीय तहका कृषि शाखा प्रमुख संग समन्वय गरिरहेका छौँ, प्रमुख देवकोटाले भने,‘कृषि विकास कार्यालयको टोली पनि परिचालित गरिरहेका छौँ। ’

सलहले जुम्लाको गुठिचौर, पातारासी र सिँजा गाउँपालिकामा ठुलो क्षति गरेको छ। नियमित रुपमा बालीनालीको रेखदेखमा जुट्न कृषि कार्यालयले आग्रह गरिरहेको छ। किसानहरु समुहमा बस्ने र तयारी अवस्थामा रहनको लागि परिपत्र गरिएको छ। सलहले सताउन थालेपछि चाँडोभन्दा चाँडो भगाउनको लागि उपाय अपनाउन आग्रह गरेका छन्।

सहलबाट बालीनाली कसरी बचाउने भन्ने बिषयमा प्रचारप्रसार भइरहेको छ। पम्पलेट र रेडियो तथा पत्रपत्रिकामा ब्यापक प्रचार भइरहेको छ। यसअघि २००८ सालमा पनि सहल जुम्ला पुगेको बुढापाका बताउँछन्।

प्रकाशित: २३ श्रावण २०७७ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App