जुम्ली किसानको दिनचार्य : थाल ठट्याउँदै, सलह भगाउँदै
जुम्ला सदरमुकाम खलंगा आसपासको खेतियोग्य जमिनमा ठाउँठाउँमा किसानहरुको समूह जम्मा हुन्छन्। उनीहरु थाल, बाजा र रेडियो क्यासेट लिएर बस्छन्। आकाशमा उडिरहेको सहललाई भुइमा बस्न नदिनको लागि हरेक गीत बजाउँछन। सलह बालीनालीमा पस्यो भने निकै ठुलो क्षति गर्ने भएकोले दिनभर खेतबारीमै तैनाथ भएर बसेको उनीहरुले बताउँछन्।