११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

समुदायमा संक्रमण देखिएपछि लहानमा लकडाउन

समुदायमा  कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको छ। संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ।

वीरगंज यात्रा इतिहास भएका लहान नगरपालिका ८ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। बाहिरी आउजाउको चक्र बन्द गरेर परीक्षणको दायरा बढाउन लकडाउन गरिएको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले बताए। समुदायमा समूहगत संक्रमण रोक्न लकडाउन गरिएको छ। अत्यावश्यक सामग्री खरिदका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित पसल सर्तसहित खुल्ने उनले बताए।

लकडाउनको अवधिमा सरकारले तोकेको सवारी साधनलाई मात्र आवगमनको अनुमति दिइएको उनले बताए। हटिया, पसल, बजार, सवारी साधन सबै बन्द राख्न सूचना जारी गरिएको छ। पूर्व पश्चिम राजमार्गको लहान क्षेत्रमा भने सवारी आवगमनमा रोक लगाईएको छैन।

यसैबीच सिरहाको मिर्चैया नगरपालिकाले पनि लकडाउन गरेको छ। मिर्चैयाका मंगलम हेल्थ केयरका स्थानीय दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायीक संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको नगर प्रमुख श्रवण यादवले बताए।

 

 

प्रकाशित: २३ श्रावण २०७७ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App