coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एम्बुलेन्स नआउँदै भुक्तानी

खरिद प्रक्रियाअनुसार सामान आएपछि मात्रै भुक्तानी गर्नुपर्ने सामान्य नियमलाई लत्याउँदै नेपाल प्रहरीले एम्बुलेन्स नआइपुग्दै त्यसबापतको रकम भुक्तानी गरेको छ। नेपाल प्रहरीले गत माघमा चारवटा एम्बुलेन्स खरिद गर्न टेन्डर आह्वान गरेको थियो। त्यसअनुसार असार मसान्तसम्म सबै एम्बुलेन्स आइपुग्नुपर्ने भए पनि साउन बित्न लाग्दासम्म आएका छैनन्। तर एउटा एम्बुलेन्सको करिब ४७ लाख रूपैयाँका दरले पौने २ करोड रकम भने भुक्तानी गरिसकिएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार साहस टेड्रर्सका नाममा एम्बुलेन्सको रकम भुक्तानी गरिएको हो। असार मसान्तसम्म सामान दाखिला गरी भुक्तानी लिनुपर्ने प्रावधान भए पनि नेपाल प्रहरीको प्रबन्ध शाखाले साहस ट्रेडर्सका सुवर्णलाल श्रेष्ठलाई भुक्तानी दिएको हो। उनी लामो समयदेखि नेपाल प्रहरीको ठेक्कामा संलग्न छन्।  

प्रधान कार्यालय स्रोतले अहिलेसम्म एम्बुलेन्स चीनमै रहेको जनाएको छ। असार १५ भित्रै नेपाल ल्याइपु¥याउनुपर्ने भए पनि असार ३१ सम्म पनि नल्याई सार्वजनिक खरिद ऐनविपरीत बिल पेस गरेर भुक्तानी गरिएको हो। ‘सामान चीनमै छ, नेपालमा आइसक्यो भन्दै भुक्तानी गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो। चीनबाट एम्बुलेन्स आउन ढिलाइ हुने देखिएपछि त्यसका लागि छुट्ट्याइएको बजेट फिर्ता नजाओस् भनी प्रहरीले भुक्तानी गरिदिएको जनाइएको छ। ‘सामान आएपछि स्टोरमा दाखिला हुन्छ। प्राविधिक टोलीले टेन्डर अनुसारको सामान आए÷नआएको हेर्छ। त्यसपछि यातायात व्यवस्था विभागमा जाँचका लागि पठाइन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँबाट पास भएपछि मात्रै बिल पेस गर्ने र भुक्तानी गर्ने काम हुन्छ। सामान कस्तो आउँछ, त्यो टेन्डरअनुसारको छ कि छैन भन्ने जानकारी नै नभई भुक्तानी भने भइसक्यो।’

प्रबन्ध शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० पुरुषोत्तम कँडेलले कानुनी प्रक्रिया पूरा गरेरै भुक्तानी दिएको जिकिर गरे। ‘सार्वजनिक खरिद ऐनअनुसार नै भुक्तानी भएको छ।  

हामीले कानुनी प्रक्रिया सबै पूरा गरेका छौं,’ उनले भने, ‘कानुनी सल्लाहकारसँग छलफल गरेका छौं। त्यसकारण, भुक्तानी दिएका हौं।’  

यस्तो काम अव्यावहारिक, गैरकानुनी र सार्वजनिक खरिदविपरीतको कार्यलाई कुनै मानेमा सही मान्न नसकिने प्रहरी प्रधान कार्यालयकै स्रोतले बतायो। सामान समयमा नआउने भएपछि साहस ट्रेडर्सले पनि कुनै जानकारी नगराएको र एसपी प्रेम बस्नेत र लेखाअधिकृत प्रहरी निरीक्षक केशवप्रसाद गौतमले समेत सामान नआउँदै भुक्तानी दिन जोड गरेको बताइएको छ। एम्बुलेन्स नआई भुक्तानी किन दिइएको भन्ने प्रश्नको जवाफ दिँदै एसपी बस्नेतले प्रहरी प्रवक्तालाई सोध्न आग्रह गरे। ‘मलाई यो विषयमा जानकारी हुँदैन, प्रवक्तालाई सोध्नुहोला,’ उनले भने। जबकि एम्बुलेन्सको भुक्तानी गर्ने एसपी बस्नेत र प्रहरी निरीक्षक गौतम नै थिए। साहस टे«डर्सको भ्याट नं। ६०३१५४५७३ को बिल नं। १० मार्फत भुक्तानी गरिएको प्रहरी स्रोतले जनाएको छ। सो बिल पनि असार ३० गते नै पेस भएको थियो।  

प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले आफू भर्खरै आएका कारण सबै विषयमा जानकारी नभएको बताए। ‘प्रबन्धको विषयमा धेरै जानकारी छैन,’ उनले भने, ‘म सोधेर तपार्इंलाई खबर गरुँला।’ प्रबन्ध शाखामा करिब १८ महिना बसेका लेखाअधिकृत प्रहरी निरीक्षक गौतमकै हालीमुहाली चल्ने गरेको छ। जोजो हाकिम आए पनि बिचौलियामार्फत उनले नै काम गर्दै आएको पनि स्रोतले जनाएको छ। तातोपानीमा बाटो बिग्रेकाले एम्बुलेन्स नेपाल ल्याउन नसकेका कारण देखाइएको छ। ‘एक महिनाअघि आउनुपर्ने सामान एक महिनापछि पनि आइपुग्दैन। सामान ल्याउने कम्पनीले मापदण्डविपरीत सामान ल्याए प्रहरीले के गर्छ भन्नेबारे कहींकतै उल्लेख नगरी भुक्तानी दिनु भनेको प्रबन्ध शाखाका लेखा अधिकृतहरूको मिलेमतो रहेको भन्न सकिन्छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार सामान नआए सामान आउने सर्तमा भुक्तानी गर्दा कानुनविपरीत भएको र यसले भोलिका दिनमा बिचौलिया हाबी हुने खतरा बढ्छ। लेखा अधिकृत गौतमकै निर्देशनमा यसअघि पनि नेपाल प्रहरीले लगाउने कपडाको भुक्तानी गरेका थिए। त्यसबारे नेपाल प्रहरीले छानबिन गरे पनि निक्र्योल आएको छैन। यसअघि सशस्त्र प्रहरीमा तत्कालीन प्रहरी महानिरीक्षक कोषराज वन्तले पनि सामान नआउँदै भुक्तानी गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो।

हामीले कानुनी प्रक्रिया सबै पूरा गरेका छौं,’ उनले भने, ‘कानुनी सल्लाहकारसँग छलफल गरेका छौं। त्यसकारण, भुक्तानी दिएका हौं।’  

यस्तो काम अव्यावहारिक, गैरकानुनी र सार्वजनिक खरिदविपरीतको कार्यलाई कुनै मानेमा सही मान्न नसकिने प्रहरी प्रधान कार्यालयकै स्रोतले बतायो। सामान समयमा नआउने भएपछि साहस ट्रेडर्सले पनि कुनै जानकारी नगराएको र एसपी प्रेम बस्नेत र लेखाअधिकृत प्रहरी निरीक्षक केशवप्रसाद गौतमले समेत सामान नआउँदै भुक्तानी दिन जोड गरेको बताइएको छ। एम्बुलेन्स नआई भुक्तानी किन दिइएको भन्ने प्रश्नको जवाफ दिँदै एसपी बस्नेतले प्रहरी प्रवक्तालाई सोध्न आग्रह गरे।  

‘मलाई यो विषयमा जानकारी हुँदैन, प्रवक्तालाई सोध्नुहोला,’ उनले भने। जबकि एम्बुलेन्सको भुक्तानी गर्ने एसपी बस्नेत र प्रहरी निरीक्षक गौतम नै थिए। साहस टे«डर्सको भ्याट नं। ६०३१५४५७३ को बिल नं। १० मार्फत भुक्तानी गरिएको प्रहरी स्रोतले जनाएको छ। सो बिल पनि असार ३० गते नै पेस भएको थियो।  

प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले आफू भर्खरै आएका कारण सबै विषयमा जानकारी नभएको बताए। ‘प्रबन्धको विषयमा धेरै जानकारी छैन,’ उनले भने, ‘म सोधेर तपार्इंलाई खबर गरुँला।’ प्रबन्ध शाखामा करिब १८ महिना बसेका लेखाअधिकृत प्रहरी निरीक्षक गौतमकै हालीमुहाली चल्ने गरेको छ। जोजो हाकिम आए पनि बिचौलियामार्फत उनले नै काम गर्दै आएको पनि स्रोतले जनाएको छ। तातोपानीमा बाटो बिग्रेकाले एम्बुलेन्स नेपाल ल्याउन नसकेका कारण देखाइएको छ। ‘एक महिनाअघि आउनुपर्ने सामान एक महिनापछि पनि आइपुग्दैन।  

सामान ल्याउने कम्पनीले मापदण्डविपरीत सामान ल्याए प्रहरीले के गर्छ भन्नेबारे कहींकतै उल्लेख नगरी भुक्तानी दिनु भनेको प्रबन्ध शाखाका लेखा अधिकृतहरूको मिलेमतो रहेको भन्न सकिन्छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार सामान नआए सामान आउने सर्तमा भुक्तानी गर्दा कानुनविपरीत भएको र यसले भोलिका दिनमा बिचौलिया हाबी हुने खतरा बढ्छ। लेखा अधिकृत गौतमकै निर्देशनमा यसअघि पनि नेपाल प्रहरीले लगाउने कपडाको भुक्तानी गरेका थिए।

त्यसबारे नेपाल प्रहरीले छानबिन गरे पनि निक्र्योल आएको छैन। यसअघि सशस्त्र प्रहरीमा तत्कालीन प्रहरी महानिरीक्षक कोषराज वन्तले पनि सामान नआउँदै भुक्तानी गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो।

प्रकाशित: २३ श्रावण २०७७ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App