coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सूर्याेदय र सन्दकपुर ‘लकडाउन’

सूर्याेदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा अनिश्चितकालीन ‘लकडाउन’ गरिएको छ । कोरोनाभाइरस (कोभिड १९)को जोखिम बढेपछि दुवै स्थानीय तहले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन घोषणा गरेका हुन् ।  

सन्दकपुर गाउँपालिकाको वडा २ र ४ को बीच माइखोलास्थित अप्परमाई जलविद्युत् आयोजनामा आएर फर्केको मर्मत टोलीका सबैजनालाई काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूले वडा ४ को तीनकुनेस्थित होटलमा ६ दिन बसेर मर्मतको काम गरेका थिए । टोली बसेको होटलसहित समुदायमै कोरोना संक्रमण हुने जोखिम बढेपछि गाउँपालिकाले पालिकाभर लकडाउन गरेको अध्यक्ष उदयबहादुर राईले बताए । ‘गाउँपालिकामा अत्यावश्यक सेवाबाहेक सबै बजार, पसल, कोचिङ कक्षालगायत मानिस भेला हुने सबै बन्दाबन्दी गरिएको छ,’ राईले भने, ‘अन्तरवडा, अन्तरपालिकालगायत सबै क्षेत्रको हिँडडुलमा रोक लगाइएको छ ।’

सूर्याेदयले पनि राति १२ बजेदेखि नै लागू हुनेगरी अर्काे सूचना नभएसम्मका लागि नगरपालिका लकडाउन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द गरिएको जनाएका छन् । मेची राजमार्ग खण्डमै पर्ने सूर्याेदय नगरपालिका भारतसँग पनि सीमा जोडिएको नगर भएकाले यहाँ कोरोनाको जोखिम बढी छ । सूर्याेदयले बिहीबार दिउँसो वडा ११ स्थित आइतबारे बजार ‘सिल’ गरेको थियो । स्थानीय सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरले बजार बन्द गरेको हो ।  

जिल्लामा सशस्त्र प्रहरीका ४६ सहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सशस्त्रका थप १६ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित: २२ श्रावण २०७७ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App