२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरीमा पाँच दिने निषेधित क्षेत्र घोषणा

सुनसरी मुख्य शहरी क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढेसँगै पाँच दिने निषेधित क्षेत्र घोषणा गरिएको छ। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा बुधबार राति १२ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभर निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार निषेधित क्षेत्र भर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुनेछन् ।  सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइने भएको छ। सरकारी कार्यालय, बैक तथा वित्तिय संस्था, उद्योगलगायत खुल्ला रहने प्रजिअ पोखरेलले बताए । ‘सरकारी कार्यालयका कर्मचारीसँगै अन्य अति आवश्यक कामले हिडडुल गर्नेलाई परिचयपत्रका आधारमा हिडडुल गर्न दिएपनि अरु सर्वसाधारणलाई भने पूर्ण रुपमा रोक लगाइनेछ,’ उनले भने ।  

समूदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै धरान, इटहरी, दुहबी, इनरुवालगायतका स्थानमा लकडाउन घोषणा गरि सकिएको छ। धरानले बुधबारदेखि साउन २८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको हो । धरानले उपमहानगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सरसफाई, स्वास्थ्य सेवा, वारुणयन्त्रसहित बजार क्षेत्रका औषधी पसलबाहेक अन्य सम्पूर्ण बन्द हुने जनाएको  छ।  

इटहरीले मंगलबारदेखि पाँच दिनसम्म इनरुवा नगरपालिकाले बुधबारदेखि लागु हुने गरि साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । दुहवीले बुधबारदेखि नै दुई साता लामो लकडाउन गरेको छ।

प्रकाशित: २१ श्रावण २०७७ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App