५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रवेशमा थप कडाई, पूर्व सहमति अनिवार्य

तराईको झापा र पहाडी जिल्ला इलाममा समेत कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछि ताप्लेजुङ प्रवेश मार्ग काबेली हेल्थ डेक्समा थप कडाई गरिने भएको छ । अहिले सम्म कोरोनाको खासै प्रभाव नदेखिएको ताप्लेजुङमा यसको प्रभाव बढ्न नदिन ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको हो ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अब ताप्लेजुङ प्रवेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रवेश अनुमति दिने भएको छ । भारतसहित तेस्रो मुलुकबाट आउने नागरिकलाई सिधै सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको होल्डिङ सेन्टरमा राखिने छ भने पूर्व सहमति प्राप्त नागरिक र सवारीलाई मात्र कोबलीबाट प्रवेश अनुमति दिईने भएको छ ।

‘काबेली हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउन जाँचपासलाई सम्बेदनशिल रुपमा लिन थालिएको छ,’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने ।  

लक डाउन खुलेपछि बिगत केहिदिन यता काबेली हेल्थ डेक्स केहि खुकुलो जस्तो देखिएको थियो ।‘संक्रमण थप भयाभह हुन नदिन अब काबेली हेल्थ डेक्स बिगतकै झैं सक्रिय,प्रभावकारी र कडाईपूर्वक एक्सनमा गएको छ’प्रजिअ निरौलाले भने । संक्रमण बढ्न नदिन काबेली नाकामै ज्वरो र रुघाखोकी सहितका लक्षण देखिएका यात्रुलाई छुट्टै व्यवस्थापन गरी परीक्षणको मापदण्डमा ल्याउने बारेमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले योजना अघि सार्ने संकेत गरेको छ ।

प्रवेश नाकामै आगमनमा कडाई गर्ने नीति अख्तियार गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यात्रा ईतिहास९ट्राभल हिस्ट्री०लाई जिल्ला प्रवेशको अनुमतिका लागि प्रमुख सर्तको रुपमा लिने भएको छ ।

प्रकाशित: १९ श्रावण २०७७ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App